काठमाडौं-करुणा फाउन्डेशन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ११० अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । फाउन्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर पुगी स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई उक्त अक्सिजन कन्सनट्रेटरहरु हस्ताण्तरण गरेको हो । कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोको उपस्थिती रहेको थियो ।
कोभिड– १९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि अत्यावश्यक अक्सिजनको अभावले निकै कठिन अवस्था उत्पन्न भएको अवस्थामा करूणा फाउण्डेसनले समाज कल्याण परिषदको समन्वयमा उक्त सहयोग उपलब्ध गराएको हो ।
सामग्री संस्थाका अध्यक्ष प्रा.डा. भगवान कोइराला तथा कार्यकारी निर्देशक दीपकराज सापकोटाले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए । ।
फाउण्डेसनले स्वास्थ्य सेवालाई महत्त्वपूर्ण आपूर्तिहरूले सहयोग पुर्याउँने हुँदा यस सहयोगले अक्सिजन प्राप्त गर्न संघर्ष गरिरहेकाहरुका लागि राहत पुग्ने विश्वास व्यक्त गरेको छ। कोभिड प्रतिकार्यका लागि सबै मिलेर काम गर्नु पर्ने आवश्यकता महसुस गरी तत्काल अत्यन्त आवश्यक रहेको अक्सिजन कन्सन्ट्रेटर जुटाइएको संस्थाका कार्यकारी निर्देशक सापकोटाले बताए ।