• भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले कोशी अस्पताललाई दियो दुई सय थान पिपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १८:१७

    काठमाडौं, ६ जेष्ठ- भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले विराटनगर स्थित कोशी अस्पातलाई दुई सय थान पिपिए उपलब्ध गराएको छ । फाउण्डेसनले विहिवार उक्त सहयोग हस्ताण्तरण गरेको हो ।

    पिपिए हस्ताण्तरण कार्यक्रममा फाउण्डेसनका सचिव महेश आचार्य, सल्लाहकार जीवन घिमिरे, सदस्यद्वय महेश रेग्मी र सुवास आचार्य लगायतका शुभेच्छुकहरु र अस्पताल संचालक समिती अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास लगायतको उपस्थिती रहेको थियो ।

    कोभिड १९ को नयाँ भेरियण्टका कारण संक्रमणको जोखिम बढदै गईरहेको स्थित माझ मोरङ् स्थित उक्त अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै मुख्य आवश्यकताको पहिचान गरि उक्त सहयोग उपलब्ध गराएको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी गराईन् ।

    भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पूर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापना भएको सामाजिक संस्थाले । स्वर्गिय नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारी फाउण्डेसनको अध्यक्ष छिन । फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको छ भने अन्य सामाजिक कार्यमा समेत संलग्न रहदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु