• संविधान र सिस्टम नै असफल भएको राप्रपा नेपालको दाबी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार ०७:३३

    काठमाडौं । राप्रपा नेपालले संविधान र सिस्टम नै असफल भएको दाबी गरेको छ ।
    पार्टीले २०४७ सालको संविधानलाई टेकेर गोलमेच सम्मेलन गर्नुपर्ने र गोलमेच सम्मेलनबाट बनेको सर्वपक्षीय सरकारले निर्वाचन गर्नुपर्ने माग गरेको छ । पार्टीले आज विज्ञप्ती जारी यस्तो जनाएको हो । विज्ञप्तीमा केन्द्रीय अध्यक्ष लाक्पा तामाङ, वरिष्ठ नेता विक्रमबहादुर बम र राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले हस्ताक्षर गरेका छन् ।
    शुक्रवार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बन्नका लागि दिएका दुवै दाबी जाली र किर्ते भएको पार्टीको ठहर छ । आफूहरुले भनेको माग पूरा नभए पार्टी र जनता सडकमा उत्रने उसले चेतावनी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु