दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते, आईतवार ८:१८

काठमाडौं, जेठ ९ । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

नेपालको कूटनीतिक पहलमा नभएर त्यहाँ रहेका गोर्खा र नेपालकी लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा त्यो बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । उनीहरूको पहलपछि गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले उक्त यस्तो निर्णय गरेको बताइएको छ ।

हाल नेपाललाई खोप अत्यन्त आवश्यक देखिएको भन्दै बेलायतले यस्तो निर्णय गरेको हो । यस सम्बन्धमा गत हप्ता राजदूत पोलिटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बेलायतबाट २० लाख डोज खोप आउने पक्का भएको बताए । ‘विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने पक्का भएको छ । सम्भवतः १र२ दिनमा नै हामीले यसको लिखित अर्थात् आधिकारिक जानकारी पाउनेछौं,’ उनले भने, ‘आधिकारिक पत्र आएपछि खोप ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।’

भारतको सिरम कम्पनीले कोभिडसिल्ड उपलब्ध नगराउँदा पहिलो डोज लगाएका नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । यस अवस्थामा बेलायतबाट खोप आउन लाग्नु सकारात्मक पक्ष भएको मन्त्रालयको भनाइ छ ।

नेपालले कोभ्याक्स कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा १ करोड ३२ लाख डोज खोप पाउने छ ।आर्थिक अभियान दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु