• प्रहरी निरीक्षक पाण्डे सम्मान सहित बिदाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १२:१४

    ईलाका प्रहरी कार्यालय गजुरी दर्बन्दी भई सोही कार्यालयमा डेढ बर्ष देखि टुआईसीको रुपमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयलाई स्वास्थ्य मापदण्डको परिधि भित्र रहि ईलाका प्रहरी कार्यालयले बिदाई गरेको हो । बिदाई कार्यक्रममा कार्यालयको तर्फबाट मायाको चिनोको अलावा निजलाई कार्यालयले दिएको जिम्मेवारी अत्यन्त ईमान्दारी, बफादारी र घटित अपराधको सफल अनुसन्धान र उत्कृष्ट ढंगबाट उच्च ब्यबसायिक कार्य प्रदर्शन गरेको कारण अभिलेखमा जनिने गरि रु एक हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
    गजुरीमा कार्यरत रहेको अबधीमा यो उनको पांचौ पुरस्कार हो । यस अघि उनले दुई पटक सोही कार्यालय बाट नगद एक एक हजार नगद पुरस्कार, प्रदेश प्रहरी कार्यालय हेटौडा बाट अभिलेखमा जनिने गरि नगद रु दुई हजार र २०७७ सालको मंसीर महिनाको धादिङ जिल्लाको उतकृष्ट प्रहरी अधिकृतको रुपमा घोषित भई सम्मान पाएका थिए । धादिङ जिल्लाको पृथ्बी राजमार्ग आसपासमा पार्किङ गरि राखिएका ट्रिपर,ट्रक लगायतका सवारी साधनहरुबाट काठमाण्डौ बाट बस लिएर आई टायर, तेल, ब्याट्री र बिभिन्न सामानहरु चोरी गरि सोही बसमा लोड गरि लैजाने गिरोहका ३ जना अभियुक्तहरुलाई अत्यन्त मेहनत साथ निजहरुले प्रयोग गर्ने मोबाइल फोनको लोकेशन ट्रेसिङ गरि काठमाण्डौ बाट पक्राउ गरि कानूनी दायरामा ल्याई सफलतापुर्वक अनुसन्धान गरेको कारण संघीय प्रहरी कार्यालय बागमतिबाट उत्कृष्ट अनुसन्धान अधिकृतको रुपमा प्रहरी प्रधान कार्यालयमा सिपारिस समेत भएका छन् ।
    कानून कार्यान्वयनको सवालमा कोहि कसैसंग सम्झौता नगर्ने खरो स्वभावका उनि कानूनका बिधार्थी समेत हुन । अपराधमा संलग्न मानिस चाहे जो कोही किन नहोस उसले गरेको कसूर अनुसारको सजायं दिलाउन प्रमाणमुखि अनुसन्धानमा मरिमेटी लाग्ने गरेको कारण पनि मुद्धाको सफल अनुसन्धानको प्रतिसत पचासी प्रतिसत भन्दा माथि रहेको छ । पीडितमैत्री अनुसन्धान लाई प्राथमिकता दिई काम गरेको कारण पनि उनी ईलाकाबासीहरु माझ लोकप्रीय थिए । पीडितहरुको ईलाका प्रहरी कार्यालय प्रति कुनै गुनासो रहने गरेको थिएन ।
    पछिल्लो समयमा ईलाकाको बैरेनीमा गल्छि ३ का एक ७६ बर्षीय बृद्धको सवारी साधनले ठक्कर दिई मृत्यु भएको सवारी ज्यान सम्बन्धी कसूर अपराधमा संलग्न मानिसलाई काठमाण्डौबाट साहसिक र अत्यन्त मेहनतपुर्वक कानूनी दायरामा ल्याई ऐनले निर्दिष्ट गरेको मापदण्ड र माथिल्लो कमाण्डरको निर्दैशनको अधिनमा रहि सफलतापुर्वक अनुसन्धान गरेका थिए । हाल उक्त मुद्धा जिल्ला अदालत धादिङमा पुर्पक्ष्यमा रहेको छ ।
    प्रदेश प्रहरी कार्यालय हेटौडाबाट पाक्षिक रुपमा प्रशारित हुने प्रहरी दर्पण कार्यक्रमको शीर्ष गीत “आंधी र हुरी प्रचण्ड गर्मी भन्दैन क्यै गरि, कर्तब्य प्रति निर्भिक र अटल नेपाल प्रहरी” का गीतकार निरीक्षक भोजराज पाण्डेयको सरुवा नियमित रुपमा नभई महानगरीय प्रहरी बृत चापागाउं ललितपुरमा काजको रुपमा सरुवा भएको हो ।

    समचार-निगरानी दैनिक अनलाइन बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु