१९ बर्षे पाकिस्तानी आरोही कासिफले गरे सगरमाथाको सफल आरोहण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते, आईतवार १४:३०

काठमाडौं ।१९ बर्षे पाकिस्तानी आरोही सहरोज कासिफले सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले गत वैशाख २८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन । सफल आरोहणसँगै उनले राष्ट्रिय किर्तीमान समेत राखेका छन् । १९ बर्षको उमेरमा सगरमाथाको शिखरमा पाइला राख्दै पाकिस्तानी मध्ये कम उमेरमा विश्वको सर्वोच्च शिखर पुग्ने पहिलो नागरिक बन्दै उनले किर्तिमान राखेका हुन । सगरमाथाको सफल आरोहण पस्चात उनले खुशी हुँदै भने ‘म यो सफलताबाट निकै खुशी छु, आठ बर्ष अघि देखीको सोचले सार्थक रुप धारणको सन्दर्भलाई म बयान नै गर्न सक्दिन’ ।

सगरमाथा चढ्ने सबैभन्दा कान्छा पाकिस्तानी सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताए । आरोही कासिफले सगरमाथाको सफल आरोहण पस्चात आफुले नेपालमा पाएको माया र सम्मान अनि पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समुहले पाएको सम्मानमा समानता रहेको पनि उल्लेख गरे ।

कासिफ सेभेन समिट कम्पनी मार्फत सगरमाथा आरोहणमा सामेल भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु