
१० जेठ २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं
डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा अष्ट्रेलियन आलुम्नाईको सहयोगमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई बौद्धिक अपाङ्गताको अवस्थाको विपत पूर्व तयारीका सम्बन्धमा ७ दिन सम्म जुम मार्फत तालिम प्रदान गरेको छ । सो तालिममा विपत योजना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले विपतको समयमा घर बाहिर वा विध्यालयमा रहदा व्यक्तिगत तहमा अपनाउनु पर्ने पूर्व तयारी योजनाको विषयमा प्रशिक्षण दिइएको थियो । साथै विगत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सुरक्षित राख्नका लागि के कस्तफ उपायाहरु अपनाउन सकिन्छ भनेर आवश्यकता पहिचान गरी अभिभावक तथा शिक्षकहरु विचमा पनि छलफल भएको थियो ।
७ दिने तालिमको समापन पनि जुम मार्फत नै गरिएको थियो । सो तालिम समापनका क्रममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनिकरणको राष्ट्रिय अभियान कार्यक्रमका प्रमुख संयोजक तथा बौंद्धिक अपाङ्गता भित्रको पनि डाउन सिण्ड्रोम अपाङ्गताका अभिभावक सुवास थापाले यो कार्यक्रम भए पनि ज्यादै उपयोगी भएको भन्दै यहाँले भूकम्प तथा अन्य विपतका समयमा अभिभावक, विद्यालयका शिक्षक शिक्षिका, स्वयम् बौंद्धिक अपाङ्गता भएका व्यक्तिहरुले गर्नु पर्ने पूर्व तयारीको विषयमा पनि प्रशिक्षण पनि दिनु भएको थियो । सो तालिममा झट्पट् झोला अर्थात GO Babg भित्र के कस्ता सामाग्रीहरु राख्ने, कति बेला यो झोला लिएर हिड्ने, झोला कहाँ राख्ने, यो झोला किन आवश्यक छ भन्ने कुराको पनि जानकारी गराइएको थियो । तालिमका क्रममा डाउन सिण्ड्रोम समाज नेपालका कानूनी सल्लाहकार तथा बौंद्धिक अपाङ्गताका अभिभावक मुकुन्दहरी दाहालले अपाङ्गताका सवालमा सरोकार राख्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी आधारहरुको बारेमा जानकारी गराउनु भएको थियो । त्यसै गरी बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले यो कार्यक्रम ज्यादै उपयोगी भएको भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो भने अभभावक विष्णु थापाले यस तालिमले अभिभावकहरुलाई पनि धेरै कुराको जानकारी भएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनु भयो । उक्त तालिममा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यो कार्यक्रम बौंद्क अपाङ्गता भएका व्यक्तिहरु तथा उनीहरुका परिवार वा अभिभावकहरुका लागि यो कार्यक्रम ज्यादै उपलब्धी मुलक रहेको भन्दै आगामी दिनमा पनि बौंद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि यस्तै अन्य कार्यक्रमहरु सञ्चालन गर्ने पनि बताउनु भएको थियो ।
यही जेठ ३ गते देखि ९ गते सम्म जुम मार्फत सञ्चालन भएको सो तालिमको ९ गते समापनका क्रममा बैद्धिक अपाङ्गता भएका व्यक्तिहरुले आफुले नृत्य गरी डाउन सिण्ड्रोम समाज नेपालमा पठाएको र उहाँहरुले उक्त नृत्यलाई पनि जुम मार्फत प्रस्तुत गर्नु भएको थियो । १७ जना बौंद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई विपत व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको थियो भने सो तालिममा बौंद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावक तथा शिक्षक शिक्षिका सहित ४५ जनाको सहभागिता रहेको थियो र


