समाजवादी काङ्ग्रेसको पत्रकार राहत वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १० गते, सोमबार १७:०१

काठमाडौ । नेपाल समाजवादी काङ्ग्रेसले कोरोना महामारिको कारण सङ्कटमा रहेका श्रमजीवी पत्रकार र निम्न बर्गिय श्रमिकहरुको लागी खाध्यन्न सहितको राहत वितरण गरेको छ ।

पार्टी अध्यक्ष गोविन्द निरौलाको उपस्थितिमा ठुलो सङ्ख्यामा पत्रकार र निम्न्बर्गिय श्रमिकहरुलाई खाद्यान्न तथा राहत वितरण गरिएको हो । वितरण कार्यक्रममा पार्टीका उपाध्यक्ष महेशमान सिंह, सचिव मानबहादुर गुरूङ, सह सचिव पुष्पा राणा घले,कोषाध्यक्ष दुर्गा गौतम र सदस्य दुर्गा भुसालको समेत उपस्थिति रहेको थियोे । पत्रकारहरुको समन्वय युगान्तर खबर डटकमका संचालनक ,सम्पादक वसन्त परियार र श्रमिकहरुको समन्वय सोनी शर्माले गरेका हुन् ।
मोरङ निवासी गोविन्द निरौला नेपाली काङ्ग्रेसमा लामो समय भुगोल तथा सङ्गठनमा काम गरेका व्यक्ति हुन् । उनले पछिल्लो राजनितिक परिवर्तन पछि बैचारिक मत भिन्नताका आधारमा नेपाल समाजवादी काङ्ग्रेस गठन गरि अघि बढिरहेका छन् ।वर्तमान राजनीति सर्वसत्ता उन्मुख भइरहेकोे छ । कोरोना संक्रमणका कारणले जनता छ्टपटाइ रहेको अवस्थामा शासक वर्ग भने भ्रष्टाचार र सत्ताको दाउपेचमा लाग्नु आपत्तिजनक रहेको छ। देशको समस्या समाधानको लागी नेपाल समाजवादी काङ्ग्रेस सहितको राष्ट्रिय सरकार गठन गर्नुपर्ने उनको तर्क रहेको छ । आफुहरु अहिलेको व्यवस्था ढाल्न लागी परेको बताउदै उनले भने कोरोनाको यो विषम परिस्थितिमा निशुल्क उपचार र खाद्यान्न उपलब्ध गराउन राज्यसंग जोडदार माग गर्दछौं । श्रमजीवी पत्रकार र निम्न बर्गिय श्रमिकहरुलाई यो सङ्कटको बेला पार्टीको हैसियत अनुसार खाद्यान्न सहितको राहत वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु