क्याप्टेन रमेश श्रेष्ठको उदाहरणीय काम स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई स्वास्थ्य सामाग्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १० गते, सोमबार १८:२५

काठमाडौं । कोभिड १९ को दोस्रो भेरियन्टको कारण अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर अतिअशक्त अपाङ्गता(स्पाइनल कर्ड इन्जुरी)भएका व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरीएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ६ स्थित जोरपाटी बसोबास गर्ने स्पाइनल कर्ड भएका व्यक्तिहरू २० जनालाई दैनिक प्रयोग गरिने अति आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री बितरण भएको हो।

युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठको अनुरोधमा यति एयरलाइन्सका क्याप्टेन सामाजिक अभियान्ता रमेश श्रेष्ठको बिशेश पहलमा बुद्व एयरलाइन्सका क्याप्टेन गाैरब बोहराको आर्थिक सहयोग सेनिटाइजर,सर्जिकल माक्स,डाइपर,प्याड युरियन बेग,सिआइसी पाइप,ग्लोव्स,साबुन,स्यानिटरी लगायतका सामग्री वितरण गरिएको हो।

विपद्को कठिन परिस्तथतिमा स्वास्थ्य सुरक्षा सामाग्री पाए पछि स्पाइनल कर्ड भएका व्यक्तिहरूले सहयोगी हातलाई खुसी ब्यक्त गर्दै धन्यवाद दिए।

सामाजिक अभियान्ता क्याप्टेन रमेश श्रेष्ठले कोरोना भाइरसको महामारीसँग विश्व समुदाय जुधिरहेका बेला गतवर्ष भएको लकडाउनमा पनि आफ्नो रु एक लाखबाट राहत अभियान शुरूवात गरि आफ्नो पेशा र अन्य मित्रहरुबाट ३० लाख बराबरको आर्थिक र नैतिक समर्थन जुटाई करिब दुई हजार ७०० जना काठमाडौ उपत्यकाका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर,नाङ्लो पसल गर्ने र चिया पसल चलाउने,सुत्केरी,एकल महिला,विभिन्न श्रमिक,अपाङ्गता भएका र विपन्नलाई राहत उपलब्ध गराई पिडितको अवस्था अनुसार मानवीय सहयोगमा उल्लेखनिय योगदान गरिसकका छन।

आजको सामाग्री बितरण युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सहजकर्ताको भुमिका निर्बाह गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु