• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    कोथिना मिठो छ हस्पिटालिटी सेन्टरमार्फत कोरोना सङ्क्रमितलाई गाउँगाउँमा औषधी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १९:१३

    काठमाडौँ, ११ जेठ । कोथिना मिठो छ हस्पिटालिटी स्कूलले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित विरामीलाई आवश्यक औषधी सहयोग गरेको छ ।

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएपछि काठमाडौँको लाजिम्पाटमा सञ्चालित उक्त स्कूलले कोरोना पोजेटिभ भएर घरमा बसिरहेका सङ्क्रमितलाई डाक्टरको सल्लाहअनुसार आवश्यक पर्ने औषधी र स्वास्थ्य स्वयम्सेवकलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

    कोरोना सङ्क्रमित विरामीको लागि आवश्यक पर्ने भिटामिन ‘सी’, भिटामिन ‘डी’, जिङ्क चक्की, कोडोमोल ट्याब्लेट, विटा टु, टस क्यू एक्स, थर्मोमिटरलगायतका एक जना सङ्क्रमितका लागि रु एक हजार ३६५ मूल्य बराबरको औषधी वितरण गरिएको स्कुलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

    यस्तै, सो स्कूलले स्वास्थ्य स्वयम्सेवकका लागि पिपिई, माक्स, स्यानिटाइजर, ग्लोब्सलगायतका सामाग्री समेत सहयोग गरेको छ । थप उपचार गर्नुपर्ने विरामीलाई समेत समयमा सल्लाह र सुझाव प्रदान गर्दै आएको छ ।

    एशोसियशन नेपाल आकी मुनाफारहित संस्थाबाट सञ्चालित उक्त स्कूलले गोरखाको बारपाक–सुलिकोट गाउँपलिकामा ६४ सङ्क्रमित, पालुङटार नगरपालिकामा १०० सङ्क्रमित र सिरानचोक गाउँपालिकाका ३० सङ्क्रमितका लागि औषधी र अक्सोमिटर पठाइसकेको छ ।

    “ग्रामिण क्षेत्रमा कोरोना रिपोर्ट पोेजेटिभ आएर आत्तिएका जनतालाई थोरै भएपनि राहत पुग्ने उदेश्यले हामीले प्राथमिक स्वास्थ्य उपचारका लागि उक्त औषधी पठाएका हौँ, जनता रोगले आत्तिएको बेलामा औषधीले थोरै भएपनि सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,”– सिईओ पोखरेलले भन्नुभयो ।

    सो औषधीका लागि सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, गोरखाको आरुघाट गाउँपालिकाबाट समेत माग आएको छ । स्थानीय जनप्रतिनिधीसँग सहकार्य गरेर उक्त सहयोग गर्दै आएको सिइओ पोखरेलको भनाई छ । उक्त सहयोगका लागि समाजसेवी तथा वरिष्ठ इन्जिनीयर अशोककुमार श्रेष्ठले समेत सहयोग गर्नुभएको छ ।

    एक दशक पहिले स्थापना भएको उक्त हस्पिटालिटी स्कूलले विस २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको समयमा काठमाडौँ, गोरखा, धादिङ, काभ्रेपलाञ्चोकलगायका जिल्लामा भूकम्पपीडित जनतालाई सहयोग गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु