दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजवादी काङ्ग्रेसको पत्रकार राहत कार्यक्रम निरन्तर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते, बुधबार १५:३०

काठमाडौ । कोरोना महामारीको कारण खाध्यान्न सङ्कटमा परेका श्रमजिवि पत्रकार र श्रमिकहरुको लागी नेपाल समाजवादी काङ्ग्रेसले २०७८ जेठ १० गतेदेखि सुरु गरेको खाद्यान्न वितरण कार्यक्रम आज पनि जारी राखेको छ। साथै जारी राखिने पनि समाजवादी काङ्ग्रेसकाका अध्यक्ष गोविन्द निरौलाले बताउनु भयो ।
पत्रकार तथा सन्चारकर्मीहरुले प्रत्यक्ष रुपमा भइ ठुलो सङ्ख्यामा रहेका पत्रकार र श्रमिकहरुले राहत सामग्रीका लागि उपस्थित भएको देख्यौं, कुराकानीका क्रममा निरौलाले बताउनु भयो । यसमा हामी र हाम्रो पार्टी हर्सित छ । मिडियासङ्ग पुरानो भावनात्मक सम्बन्ध रहेको र अझ बढ्ने पनि सुनाउनुभयो । पार्टी अध्यक्ष गोविन्द निरौला स्वयं उपस्थित रहेको सो कार्यक्रमको नेतृत्व सचिब मानबहादुर गुरुङ र सहसचिव पुस्पा राणा घले लगायतले गर्नु भएको थियोे ।
राहत तथा खाध्यान्न वितरण कार्य किन भन्ने प्रश्नमा भन्नु भयो,कोरोना महामारीको कारण राहत तथा खाद्यान्न अभावमा परेका पत्रकार र श्रमिक साथीहरुको पिडामा सानो भएपनी मल्हम लगाउने कोसिस गरेका हौं । यसरी राहत प्याकेज उपलब्ध गराउन पाउँदा खुसी लागेको पार्टीका सबै नेताहरुले खुसी व्यक्त गर्नुभयो । साथै कार्यक्रम शान्त र व्यवस्थित थियोे भने अहिलेको परिस्थिति अनुसार सामाजिक दुरि समेत कायम गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु