दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चक्रवातको प्रभावका कारण देशका अधिकांश स्थानमा हिजोदेखि वर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते, बिहीबार ८:३१

काठमाडौं, १३ जेठ । बंगालको खाडीबाट जमिनतर्फ प्रवेश गरिसकेको चक्रवातको असर नेपालमा पनि परेको छ । चक्रवातको प्रभावका कारण देशका अधिकांश स्थानमा हिजोदेखि वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको असर आउँदा केही दिनमा नेपालको भू भागमा समेत पर्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । चक्रवात उत्तर उत्तरपश्चिम सर्दा नेपालमा पनि प्रभाव परेको हो ।

प्रदेश १, बागमती, गण्डकी र कणालीका प्रदेशका पहाडी भू-भाग भइ वहने स साना नदीहरुमा बहाव बढ्ने र केहीमा सतकता तहसम्म पुग्न सक्ने तथा प्रदेश २ र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही साना नदीहरुमा आकस्मिक बाढी समेत आउने सम्भावना भएकाले १५ जेठसम्म नदि तटीय क्षत्र तथा तराईका डुबान हुने होचा स्थानहरुमा उच्च सावधानी अपनाउन नेपाल बाढी सूचनाले अनुरोध गरेको छ ।
यसैगरी, प्रदेश १,२,बागमती,गण्डकी, लुम्बिी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु