• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    होम डेलिभरी सुबिधा दिदै रैथाने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १४:४४

    काठमाडौ ।नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी भए सँगै गाउँको उत्पादन शहरमा,रैथाने खाना घरघरमा भन्ने नारा सहित सेवा सुरु गरेको रैथाने नामक कम्पनीले काठमाडौमा निशुल्क होम डेलिभरी सेवा संचालन गरेको छ ।

    निषेधाज्ञाको समयमा घरायसी प्रयोजनको सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर आफ्ना ग्राहकलाई लागि आवश्यक सामान फोन गरेर वा रैथाने एप मार्फत अर्डर गरेर सेवा लिन सकिने रैथाने एग्री प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताउनु भयो ।

    गाउँघरको मौलिकपन झल्कने सिप,कृषि उपज, ज्ञान,संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण गर्ने उदेश्यले रैथानेपन जोगियो भने नेपालीपन जोगिन सक्छ, नेपालीपन जोगियो भने मात्रै हाम्रो स्वाभिमान जोगिन सक्छ आर्दश मन्त्र बोकेर चप्पल कारखानामा केन्द्रीय कार्यालय खोलेर रैथाने वस्तुहरुको संकलन तथा वितरणको काम एक वर्ष देखी हुदै आएको हो।

    अहिले रैथानेले गाउँ गाउँबाट सामान ल्याएर धुने, पखाल्ने, निफन्ने, अनि पोको पारेर भान्सा सम्म लगिदिने व्यवस्था गरेको छ । एक वर्षमा ३५ जिल्लाका ९ हजार किसानका दुई सय प्रकारभन्दाबढी खाद्य वस्तुहरु बिक्रीवितरण गरिएको रैथानेको तथ्यांक छ । चप्पल कारखानामा विक्री केन्द्र रहेको रैथानेले निःशुल्क होम डेलीभरी दिँदै आएको छ ।

    घरायसी भान्सामा प्रयोग हुने खाधान्न र तरकारीको माग रैथाने बढी आउने गरेको उपेन्द्रराज कुँइकेलले बताउनु भयो । फेसवुक, टेलिफाने तथा रैथाने एपका माध्यमबाट सामानहरु जुनसुकै बेलामा मगाउन सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु