आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • नुवाकोटको शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १०:४३

    काठमाडौँ, १४ जेठ । शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले नुवाकोटको शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँको छिमेकी जिल्ला नुवाकोटको शिवपुरीमा स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

    संस्थाकी अध्यक्ष शोभा प्रधान श्रेष्ठले खरीद गर्नुभएको उक्त सामाग्री संस्थाका सल्लाहकार राजबाबु पाण्डेले गाउँपालिकाका प्रमुख रामकृष्ण थापालाई वुधबार हस्तान्तरण गर्नुभयो ।

    हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा १०० थान एन्टीजिन किट, ५०० एमएलको स्यानिटाइजर २० थान, स्प्रे स्यानिटाइजर २४ थान, के एन ९५ माक्स ३०० थान र पञ्जा एकहजार थान रहेका छन् ।
    कार्यक्रममा समाजसेवी पाण्डेले आगामी दिनमा पनि शिवपुरीको विकास र विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु