काठमाडौं- नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई अवरोध नपुर्याउन माग गरेका छन् । दुध तथा दुग्धजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई विना रोकतोक संचालन गर्न दिन सरकारलाई अनुरोध गर्दै एशोसियसन र संघले आफ्नो माग राखेका हुन ।
हरेक दिन संचालन गर्नै पर्ने वाध्यता भएको दूध जस्तो अति संबेदनसिल कुरा चाँडै विग्रने हुँदा र बालकदेखि वृद्धासम्म, जन्मदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ भएकाले यसको ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा अवरोध पुर्याउन नहुने भनाई एशोसियसन र संघको छ ।
’यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक रोकतोक गरि गाडी आवत जावतमा आज (२०७८ जेष्ठ १४ गते ) देखि जारी आदेशबाट बिहान ९ बजे अगाडि सुरक्षा निकायबाट ठाँउ-ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर पर्न गएको व्यहोरा अवगत गराउँदछौ’ शुक्रबार जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ‘जस्तोसुकै माहामारी, भुकम्प, बन्द, हड्ताल अहिले र पोहोर सालको लकडाउनमा समेत सहज रुपमा बिना रोकतोक आवतजावत गर्न दिइएको, सम्माननीय प्रधानमन्त्रीज्युले समेत यसको महत्व र संबेदनसिलता बुझी जस्तो सुकै समयमा पनि आवतजावतमा समस्या नहोस् भनी एम्बुलेन्स सरह मान्यता हुने गरि लोगो समेत अनावरण गर्नु भएकोलेमा यसपटक झन रोक्ने काम भएकोले भोकमरीको बेला समेत आजको आजै प्राप्त हुनसक्ने पुर्ण पौष्टिक तत्व भएको दूध तथा दुग्धजन्य पदार्थ उपभोगवाट महिनौ दिनसम्म पनि बाँच्न सकिने दूध जस्तो अत्यावश्यक वस्तुको ओसारपसारमा एम्बुलेन्स सरह कुनै रोकतोक नगर्न नेपाल सरकार अन्तर्गतका सबै निकाय समक्ष जोडदार आग्रह गर्दै दूध तथा दुधजन्य पदार्थ ओसार पसार गर्ने सबै सवारी साधनहरुले पनि सरकारले जारी गरेको आदेश अनुरुप सबै खाले सुरक्षाका उपाय अपनाई जति सक्दो छिटो आ-आफ्नो काम सकि गन्तव्य तर्फ प्रस्थान गर्न अनुरोध गरीन्छ‘ ।