दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजसेवी पौडयालद्वारा एम्बुलेन्स सञ्चालनका लागि सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते, शुक्रबार २१:२८

काठमाडौँ, १४ जेठ । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एम्बुलेन्स सञ्चालनका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक(डिएसपी) मीनप्रसाद पौडयालले आर्थिक सहयोग गर्नुभएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेपछि नेपाली काँग्रेस आँधिखोला गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवाका लागि पूर्व डिएसपी तथा समाजसेवी पौडयालले रु १५ हजार नगद सहयोग गर्नुभएको हो ।

कोरोना महामारीमा आधिखोला गाउँकाबासिन्दालाई पर्नसक्ने समस्यालाई ध्यानमा राखेर आफूले थोरै भएपनि सहयोग गरेको पौडयालले बताउनुभयो ।पौडयाल पनि सोही क्षेत्रका बासिन्दा हुनुहुन्छ।

समाजसेवी मीन प्रसाद पौडयाल हाल काठमाडौ महानगरपालिका वडा नम्बर ४ निवासी भई सामुदायिक सेवा केन्द्र टुँडालदेवी बालुवाटारका सचिव साथै कान्तिपुर सेक्युरेटि सर्भिसेज प्रा.लि.सञ्चालन गर्दै आउनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु