आर.बि.बुढाथोकी
काठमाडौं । दोस्रो भेरिएन्टको कोरना माहामारीका कारण नेपालमा ज्यान गुमाउनेहरु अपत्यारिलो हिसाब बढे र पुर्ण रुपमा सरकारले लक डाउनको घोषना गर्यो।सन्क्रमितहरुको स्वाश्थ्य अबस्था नाजुक हुदौ जादा सरकारी सम्यन्त्रले मात्र नपुग हुदा धेरै मनकारी सस्थाहरु जोखिम मोलेर आफ्नो ज्यानको प्रबाह नगरि अग्रपन्क्तिमा रहेर स्वाश्थ्या सामाग्री बितरण गर्न गाउँ गाउँ पुगे।
यिनै मनकारी सस्थाहरुको अग्र स्थानमा रहेर काम गर्ने सस्थाहरुमा लाजिम्पाटको कोथिना मिठो छ पनि निकै सक्रिय भएर लागेको देखियो। बिभिन्न स्वाश्थ्य सामाग्री,पिपि इ,औषधि,सेनिटाइजर लागाएत सामाग्री छुट्टा छुट्टै प्याक गरेर कोरनाको उदगम बिन्दुमा पनि जोखिम मोलेर सस्थाका अध्यक्ष देबेन्द्र पोख्रेल आफै लागि पर्नु भो र गोर्खाको दुर्गम गाउ बार्फाक लगायत अन्य गाउ,रसुवा,सिन्दुपाल्चोक र सोलुखुम्बु जिल्लाका गाउँ गाउँमा स्वास्थ्य सामाग्री पुर्याउन सफल हुनुभयो।
उहाको यो सहयोगले धेरैले कोरनाबाट सुरक्षाको अनुभुति गरेका छन र स्थानिय जनप्रतिनिधिहरुले पनि उहाको सराहनिय कामको खुलेर प्रसम्सा गरेका छन।पोखरेलले गत वर्ष पनि सस्थाको नामबाट कोरना महामारीमा काठमाण्डैका बिभिन्न स्थान र अन्य दुर्गम जिल्लाको गाउ गाउमा पुगेर हजारौ खाना खान समस्या हुनेहरुका लागि खाना र राहत बाड्न सफल हुनु भएको थियो।