• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    ग्राण्डी अस्पतालमा १५ सयमा नै पिसिआर परिक्षण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १४:१४

    काठमाडौँ, १७ जेठ । काठमाडौँको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले रु एक हजार ५०० शुल्कमा पिसिआर परिक्षण सुरु गरेको छ ।

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परिक्षणका लागि गत बुधबारदेखि पिसिआर परिक्षण ल्याव सञ्चालनमा ल्याएको ग्राण्डीले आफ्ना सेवाग्राहीलाई सहुलियत दरमा पिसिआर परिक्षण सेवा प्रदान गर्न लागेको हो ।

    अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर एवम् स्पाइन विभाग प्रमुख डा विनोद विजुच्छेले कोरोना महामारीको समयमा सर्वसाधारणले ग्राण्डीको उच्चस्तरिय पिसिआर सेवा सजिलै प्राप्त गर्न सक्ने उदेश्यले पिसिआर परिक्षणमा सहुलियत दिएको बताउनुभयो ।

    नेपाल सरकारले रु दुई हजारसम्म पिसिआर परिक्षणका लागि तोकेपनि ग्राण्डीले सरकारले तोकेको दरभन्दा कम शुल्कमा पिसिआर परिक्षण गर्न लागेको हो । ग्राण्डीले सहुलियत दरमा पिसिआर परिक्षण सेवा जेठ ३१ गतेसम्म प्रदान गर्ने जनाएको छ । ग्राण्डीमा पिसिआर परिक्षण आइतबारदेखि शुक्रबारसम्म विहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुनेछ ।

    ‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अत्याधुनिक मेसिनबाट एक पटकमा ९६ जनाको स्वाव परिक्षण गर्न मिल्नेछ । पिसिआर परिक्षण ल्याव जडानसँगै अब विरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पिसिआर परिक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानु नपर्ने भएको छ ।

    स्वाव सङ्कलन गरेको ५ देखि ६ घण्टाभित्र विरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ । उक्त ल्यावमा कोभिड बाहेक अन्य भाइरसको समेत परिक्षण गर्न मिल्नेछ । आगामी दिनमा विरामीको चापअनुसार पिसिआर परिक्षण सेवा विस्तार गर्दै लैजाने सो अस्पतालले जनाएको छ । विस २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी शैयामार्फत विरामीको उपचार हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु