छाँ-या नेपाल द्वारा स्वास्थ्य सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते, मंगलवार १९:४६

रौतहट । छायाँ नेपाल नामक संस्थाको सहयोगमा रौतहटका विभिन्न कोभिड अस्पतालहरूका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको राजेश साह ले बताउनुभयो। सो संस्थाले गौर अस्पताल रौतहटले संचालन गरेको कोभिड १९ को वार्ड अस्पतालको लागि १० बेड सेट,२५ थान पिपिइ सेट,सर्जिकल मास्क २५ थान,डिजिटल थर्मामिटर ४ थान र अक्सि मिटर ३ थान हस्तान्तरण गरिएको साह ले जानकारी दिनुभयो ।सो स्वास्थ्य सामाग्री जिल्ला अस्पताल रौतहटका मे. सु.डा.कृष्ण साह ना. सु. रामअश्रे मुखिया लाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना एक महामारी भ‌एकाले यसलाई परास्त गर्न सरकार र जनस्तरबाट उत्तिकै पहल हुनुपर्नेमा जोड दिदैं प्रमुख जिल्ला अस्पताल साह ले संकटको बेला सबै मिली हातेमालो गर्दै अगाडी बढेमा मात्र सफलता पाइने बताउनुभयो

त्यसैगरी सो संस्थाले रौतहट,बारा, दाङ, नेपालगन्ज लगायतका जिल्ल सहयोग गरी हस्तान्तरण गर्नुभएको छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाले बताउनुभयो भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु