• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    सिद्धार्थ बनस्थली २०४७ का व्याचद्धारा सामाजिक कार्यः

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १७:४७

    काठमाडौं ।सिद्धार्थ बनस्थली ईन्ष्टिच्युट २०४७ को एस.एल.सी व्याचमा पांच सय भन्दा बढि बिधार्थी रहेकोमा हाल देश विदेशमा रहेका करीब १५० जना विधार्थीहरु सामाजिक संजाल मार्फत भाईबर गु्रपमा आबद्ध भएका छन । उक्त समूहले सामाजिक कार्यमा योगदान गर्नु पर्दछ भनी उद्देश्य पनि लिएको र सो कार्यको लागि बजेटको आवश्यकता पर्ने हुंदा सोको व्यवस्थापनमा सोहि समूहका बिधार्थीहरुले स्वःस्पुर्तिका साथ रकम संकलन भईरहेको अवस्था छ ।
    यस समूहले आफ्नो सामाजिक कार्यको शुरुवात कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतवाट गरेकोछ । यस समूहले एक समारोहका वीच कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतलाई १० थान अक्सिजन फ्लोमिटर, १५०० थान सर्जिकल मास्क, १५०० थान सर्जिकल ग्लोब्स, १०० थान सेनिटाईजर अस्पतालका निर्देशक प्रा.डा.श्री डम्बर खड्कालाई हस्तान्तरण गरिएको छ । यसका साथै सोहि अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमितका साथै आईसोलेशन केन्द्रमा बसेका विरामीका कुरुवालाई आजदेखि नियमित भोजन खुवाउने कार्यको पनि शुभारम्भ गरिएकोछ । यो अभियान अन्तर्गत एक महिनासम्म विरामीका कुरुवालाई दैनिक विहान खाना खुवाउने कार्यतालिका रहेकोछ । साथै, कोरोना संक्रमितका कुरुवालाई सेनिटाईजर, मास्क,र ग्लोब्स समेत वितरण गरिएको छ ।
    यस सामाजिक कार्यको सहजीकरण श्री नयां सबुज गण सर्खेतका प्रमुख सेनानी केशवराज रायमाझी र नेपाली सेनानका पश्चिम एयरवेशमा कार्यरत पाईलट महासेनानी किरण थापाले गर्नु भएको थियो । उहांहरु दुवै जना सिद्धार्थ बनस्थली २०४७ एस.एल.सी व्याच समूहको हुनु हुन्छ ।
    सिद्धार्थ बनस्थली २०४७ को व्याच समूहमा देश र विदेशका विभिन्न क्षेत्रमा कार्यरत उनीहरुले आर्थिक संकलन गरेर सातै प्रदेशमा सामाजिक कार्यक्रमलाई निरन्तरता दिन लागिएको गणका प्रमुख सेनानी रायमाझीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु