बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

स्वर्गीय राजा वीरेन्द्रको शालीकमा मल्यापर्ण तथा श्रद्धाञ्जलि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते, बुधबार १९:१८

काठमाडौँ ,जेठ १९ । राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ ।

१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो ।

हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।

यसैबीच स्वर्गीय राजा वीरेन्द्रको शालीकमा मल्यापर्ण तथा श्रद्धाञ्जलि गरि उनलाई स्मरण गरिएको छ । स्व.राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याएको योगदानलाई कदर गर्दै स्वर्गीय राजा विरेन्द्र शान्ति प्रतिष्ठानले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको हो ।

राजा वीरेन्द्रलाई गुमाउन पर्दा अधिकांश जनताको मन अझै पनि बिझाइ रहेको राजा विरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले बताए ।

यता हत्या कसले र किन गर्‍यो भन्ने यकिन तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

हेर्नुस् व्यक्तव्य

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु