पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

नीलकण्ठ ११मा कोरोना जनचेताना अभियानसहित स्वास्थ्य सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २० गते, बिहीबार ११:४४

धादिङ्ग । बिश्वभर बढ्दै गएको कोरोना भाइरस (कोभिड –१९)को महामारीलाई मध्यनजर गर्दै नीलकण्ठ ११ मा स्वास्थ्य सामग्री वितरण तथा जनसचेतना अभियान सम्पन्न भएको छ ।
कोराना महामारीले आक्रान्त भएको विश्वसंगै नीलकण्ठ नगरपालिका वडा नं ११ मा दिनदिनै संक्रमितको संङख्या बढ्न थाले पछि वडा अध्यक्ष तिलक थापा मगरको नेतृत्वमा वडाका अधिकांश टोलमा कोभिड जनचेताना अभियानसहित स्वास्थ्य सामग्री वितरण
गरिएको छ । वाडाका हरेक टोल बस्तिमा गई संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्ने, सँक्रमितहरुलाई परामर्श दिने कार्यक्रम सम्पन्न भएको हो ।
वडामा संक्रमितहरु बढदै गरेको स्थितिलाई मध्यनजर गरि सबैलाई स्वास्थ्य संस्थाको पहुच नभएका बिरामीहरुको लागि अति आबश्यक पर्ने स्वास्थ्य सामग्रीहरुः ५० थान ज्वरो नाप्नको लागि थर्माेमिटर, ५० थान, शरीरको अक्सिजन र मुटुको धडकन नाप्नको लागि पल्स अक्सिमिटर, २५०० थान मास्क वडाको प्रत्येक टोलमा बितरण गरिएको छ । यसबाट वाडाका सबै बिरामीले घरमै बसी आफ्नो स्वास्थ्य अवस्था के–कस्तो छ, शरीरमा ज्वरो मात्रा के कति छ, अक्सिजनको मात्रा के कति छ भन्ने कुरा आफैले सजिलै थाहा पाउन सक्ने भएको छ । यसले टोलबासी अत्यन्त हर्शीत हुँदै स्थानीय सरकार भएको अनुभुती भएको आभास गरेका छन्
सामाग्री वितरण कार्यसम्पन्न गर्दै वडा अध्यक्ष थापा मगरले वितरण गरिएको सामाग्री अत्यन्त उपयोगी र अभियान प्रभाबकारी भएको बताउनुभयो । ५ दिनसम्म चलेको यस अभियानले अधिकांश विरामीलाई राहत भएको अध्यक्ष थापाले बताउनुभयो ।
जेष्ठ १५ गते बाट सुरु भएर जेष्ठ २० गते सम्पन भएको यस अभियानलाई आर्थिक रुपमा सफल तुल्याउनको लागि प्रमुख भूमिका निभाउने ज्यामरुङ्ग जनकल्याण समाजका पदाधिकारीहरु कृष्णमान श्रेष्ठ, दिनेश बिस्ट, तारालाल धरेल, लिला बहादुर बिस्ट, नीलकण्ठ ११ निवासी हाल मकाउमा कार्यरत दुर्गा बहादुर बिस्ट, पर्यटन ब्यबसायी तथा समाजसवी गोकुल सापकोटा, हरि कुमार श्रेष्ठ, राजेन्द्र धमला, सहदेव धमला, खिल बहादुर आले मगर, भरत थापा मगर र भाइराम थापा मगरलगायतको अतुलनिय भूमिका रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले यस अभियानलाई सफल पार्न सहयोग गर्नुहुने नीलकण्ठ नगरपालिका सदस्य कमला श्रेष्ठ, वडा सदस्य शान्ता रोक्का, स्थानीय समाजसेवी इशोरी बहादुर लम्साल, चन्द्र बहादुर लम्साल, कोपनारायण श्रेष्ठ, स्थानीय नारायण आले, कन्चन श्रेष्ठ, पर्बत राना, रस्बिन थापा मगर, कमल मगर र राजु मगर लगायतको सहयोगको उच्च कदर गर्दै सजग र सुरक्षित रहि कोभिडको महामारिबाट जोगिन सबैमा आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु