दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालद्वारा रसुवामा स्वास्थ्य सामाग्री सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २० गते, बिहीबार १५:३८

२०,जेठ रसुवा । रसुवा जिल्ला स्थित नौकुन्ड गाउँपालिकामा नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालले ठूलो परिमाणमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
नौकुन्ड गाउँपालिकाका अध्यक्ष नोर्बु साङ्बो घलेको उपस्थितिमा स्वास्थ्य सामाग्री तथा स्वस्थ्यकर्मीको लागि सुविधा सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा नौकुन्ड गाउँपालिका वडा नं.५ का अध्यक्ष गोन्ते ग्याम्तान र वडा नं. ६ का अध्यक्ष धर्म बहादुर थोकर समेत उपस्थित रहेको थियो।

नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालका कार्यक्रम संयोजक रत्न कुमार तामाङका अनुसार कोभिड महामारीलाई लक्षित गरि स्टाफ नर्स र स्वयंसेविका समेत उपलब्ध गराइएको र करिब ६ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको बताए। कोभिड उपचारलाई सहज बनाउन आफू आवद्ध संस्थाले सहयोग गरेको संयोजक तामाङले बताए।
नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको पहलमा जर्मनीको जिओटेकसँगको सहकार्यमा निर्माण गरेको नौकुन्ड गाउँपालिका वडा नं ५ र ६ मा अवस्थित आधुनिक स्वस्थ्य चौकी भवनलाई काेभिड उपचार केन्द्र बनाउने स्थानीय सरकारले निर्णय गरेको छ।
२०७५ सालमा करिब ८० लाख लगानीमा निर्माण गरेको उक्त भवन रसुवा जिल्लाकै आधुनिक उपकरणयुक्त स्वस्थ्य चौकीको रूपमा परिचित रहेको संयोजक तामाङले बताए।
उक्त स्वस्थ्य चौकी ब्यवस्थापन गर्न गाउँघर क्लिनिक सन्चालन तथा ब्यावस्थापन समिति समेत गठन गरेको उनले जानकारी गराएका छ्न् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु