बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

नुवाकाेटमा २० लाख लागतमा डम्फुपार्क निर्माण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते, शुक्रबार १३:३७

काठमाडौं । दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनीमा डम्फुपार्क निर्माण गरिएको छ ।

गाउँपालिकाको आर्थिक लगानीमा निर्माण गरिएको उक्त पार्कमा डम्फु र कुदाप अर्थात चुल्हो निर्माण गरिएको छ । ग्लान समुदायको उद्गम स्थलको रुपमा परिचित उक्त स्थानको ऐतिहासिक पहिचानलाई जोगाउनुको साथै पर्यटन प्रबर्द्धनको लागि पार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

उक्त स्थानबाट बसाई सरेर सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप लगायतको जिल्लामा पुगेपनि विशेष पर्व तथा उत्सव मनाउन कुतबक्यापामा संयुक्त रुपमा खाना पकाएर खाने गरिन्थ्यो भन्ने इतिहास रहेको छ । उक्त इतिहासको जगेर्नाको लागि चुल्हो निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए । तामाङ समुदायको साँस्कृतिक बाजाको रुपमा रहेको डम्फुको संरक्षण तथा पहिचान दिलाउन पार्कमा डम्फु निर्माण गरी नामाकरण नै डम्फुपार्क राखिएको अध्यक्ष तामाङले बताए ।

गत आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको उक्त पार्क सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च भएको छ । उक्त स्थानमा ग्लानहरुको ऐतिहासिक स्थल रहेकोले बुद्धको मूर्ति स्थापनाको लागि गाउँपालिकाको तयारी छ । पार्कमा यसै आर्थिक वर्षमा ७० मिटर लम्बाई र ४० मिटर चौडाई रहेको पोखरी सहितको बालउद्यान निर्माण गरिने गर्न लागेको अध्यक्ष तामङले बताए ।

पार्क निर्माणको चरणमै १५ हजार भन्दा बढिले पार्कको अवलोकन तथा भ्रमण गरिसकेका छन् । हाल निर्माण अहिले पनि पार्कको भ्रमणका लागि दैनिक एक सय ५० को हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु