भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • हेर्नुस् आज मिति २०७८साल जेठ २२ गते, शनिवारको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार ०५:१९

    काठमाडौ ।२०७८ जेठ २२ गते, शनिवार, ५ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष दशमी तिथि (प्रातः ६ः४३ बजेदेखि एकादशी)। रेवती नक्षत्र। चन्द्रराशि– मीन।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला। प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधनको उपयोगले विशेष फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमा लाभ उठाउने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरू पनि जुट्नेछन्।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि कामको उचित मूल्य नपाइने परिस्थिति देखिन्छ। स्वास्थ्यमा कमजोरी र काममा बाधा हुनेछ। जीवनशैली व्यस्त रहे पनि उपलब्धिविहीन काममा समय बित्न सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। केही बाध्यतामा अलमलिनुपर्ने देखिन्छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। तत्काल चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    माहोल रमाइलो रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुन्दर उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। कामको मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ ।अध्ययनमा प्रगति हुनेछ भने अरूका लागि पनि सहयोग गर्न सकिनेछ। नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याएर अघि बढ्नुहोला।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम पनि प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु