कपिलाकाेट माबिका पुर्व विद्यार्थी समाजद्वारा ४ लाख बराबरकाे स्वास्थ्य सामाग्री हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते, शनिबार ०६:४७

२२ जेठ,सिन्धुली। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएपछि कपिलाकाेट माबि छाप,महेश्वत्ता,सिन्धुलीका पुर्व विद्यार्थी समाजद्वारा मरिण गाउँपालिका भित्र काेभिड संक्रमण भई बिरामी उपचार र नयाँ परिक्षणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

हस्तान्तरण सामाग्रीहरूमा –

परिक्षण कीट २०० थान,पल्स अक्सिमिटर -१० थान,अक्सिजन सिलिन्डर,आईसाेलेसन वेड ८ थान,पिपिई सेट ५ थान,माक्स,सेनिटाईजर गरि ४ लाख बराबरकाे स्वास्थ्य सामाग्री रहेको छ।

सामाग्री गाउँपालिका अध्यक्ष पानिराज बम्जन,कार्यकारी अधिकृत बिनाेद पाेखरेल,स्वास्थ्य शाखा प्रमुख मधु लाखे,वडा अध्यक्षहरु कुर्साङ लामा-६, हिरा गुर्मछान-२,धनबहादुर स्याङतान-४,पुर्व शिक्षक गाेपाल बुढाथोकी लगाएतकाे उपस्थितिमा पुर्व विद्यार्थी समाजकाे तर्फबाट बरिस्ठ उपाध्यक्ष बबिन्द्र लाल माझी,सचिब ऋषिराम गड्ताैला,सदस्यहरु इन्द्रप्रकाश श्रेष्ठ,जगत श्रेष्ठ,सराेज मैनाली,सहितकाे उपस्थितिमा समाजका अध्यक्ष जगत प्रसाद पन्तले
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियाे।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बम्जनले यस महाविपत्तिमा कपिलाकाेट माविका पुर्व विद्यार्थीहरुकाे संस्थाले पु-याएकाे मानवीय सहयाेग अत्यन्तै सह्रानीय रहेकाे कुरा संक्षिप्त रुपमा बाेल्दै सहयाेगी मनहरु सम्पुर्णमा आभार तथा धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु