हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • आयोडिनयुक्त नुनमा नाफाखोरलाई घुसाईनु जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र हो’: विपक्षी गठबन्धन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ०७:४६

    काठमाडौं- आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेको छ । पाँच राजनीतिक दलबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेकका हुन । विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’

    साथै, गठबन्धनले सो निर्णय जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र भएको ठोकुवा गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन जोडदार माग समेत गरेको छ । ‘यस्तो निर्णयबाट जनताले सुलभ रुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेको प्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ’ गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु