• गाउँले पर्यटन-नेपाल र सुर्यबहादुर थापा प्रतिष्ठानद्वारा राहत बितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ११:१२

    बसन्त परियार
    २३ जेठ,काठमाडौ

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको छ।

    कोरोना गर्दा भएको लकडाउनले दैनिक जीवनलाई कष्टकर भएका अति आवश्यक भएको मजदुर,विपन्न र अशत्त भएकाहरूलाई राहत बितरण गरिएको छ।

    गाउँले पर्यटन नेपाल(भिटोन)को केन्द्रिय अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी,समाजसेवी तेजेन्द्र शर्मा पौडेल तथा उहाँ कि धर्म पत्नी उमा खड्का र सुर्यबहादुर थापा प्रतिष्ठानको तर्फबाट उक्त राहत तथा खाद्यान्न वितरण गरिएको हो ।

    वितरण कार्यक्रममा पौडेल दम्पत्ती दुवै जनाको उपस्थिति थियोे । राहत तथा खध्यान्न वितरण कार्य किन भन्ने प्रश्नमा पौडेल भन्नुहुन्छ,कोरोना महामारीको कारण राहत तथा खाद्यान्न अभावमा परेका मजदुर, विपन्न र अशत्तहरुको पिडामा सानो भएपनि मल्हम लगाउने कोसिस गरेका हौं । साथै जनताको निशुल्क स्वस्थ्य तथा राहतमा ध्यान दिन राज्यलाई विनम्र अनुरोध गर्दछु पाैडेल भने।

    राहत बितरणमा युगान्तर मिडियाले सहजकर्ताको भुमिका निर्वाह गरेको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु