भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • पछिल्लो २४ घण्टामा देशैभरी ६,९५१ जना कोरोना संक्रमणबाट मुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १९:२९

    २४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ पिसीआर र ५९०१ ऐन्टिजेन गरी १७,९०३ नमुना परीक्षणमा ३४७९ जना संक्रमित थपिएका हुन् ।

    आज भक्तपुरमा १३५, ललितपुरमा १९० र काठमाडौंमा ७९० गरी उपत्यकामा आज १११५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४४७२ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ६ हजार १६५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशैभरी ६,९५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,९५१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ९२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,९९० पुगेको छ ।

    त्यसैगरी हाल देशैभरी ८५ हजार ५४४ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७,१८० जना र होम आइसोलेशनमा ७८,३६४ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४३४ जना र भेन्टिलेटरमा ३९७ जना उपचाररत छन् । साथै देशैभरीका विभिन्न क्वारेन्टिनमा ७१८० जना रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु