भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • मौद्रिक नीतिमा विशेष सहुलियतका कार्यक्रम ल्याउन व्यवसायीहरुको माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १८:२५

    काठमाडौं-विभिन्न क्षेत्रका व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मिडिया इन्टरनेशनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले मौद्रिक नीतिमा व्यवसायीलाई विनो धितो ऋणको व्यवस्था गर्नुपर्ने माग राखेका हुन्् ।
    कार्यक्रममा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) का खुमबहादुर सुवेदीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि टानले भने स्वागत गर्न नसकेको बताए । उनले बजेटले पर्यटन क्षेत्रका श्रमिकका समस्यालाई छुन नसकेकोे उल्लेख गरे ।

    कोरोना महामारीका कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसाय पूर्ण रुपमा सुचारु हुन एक वर्ष लाग्ने उनको भनाइ छ । ‘सरकारले पर्यटन व्यवसायलाई उच्च रुपमा हेर्नुपर्छ । तर बजेटमा सहुलियतपूर्ण ऋणलाई समेटिएन । ट्याक्स क्लिरियन्स र ट्रेकिङ एजेन्सीको सिफारिसमा श्रमिकलाई पनि ऋण उपलब्ध गराउनुपर्छ । यहि अवस्था रहेमा नेपालको पर्यटन व्यवसाय उठ्न एक वर्ष लाग्ने देखिन्छ ।’ उनले भने ।
    मौद्रिक नीतिमा नयाँ व्यवसायीलाई लोन प्रवाह गर्ने व्यवस्था हुनुपर्ने बताउदै उनले भने ‘व्यावसायीको हकहितमा मौद्रिक नीति आओस् । ट्याक्स क्लिरेन्स गरेको आधारमा विना धितो २५ लाखसम्म एक वर्षका लागि ऋण पाउने व्यवस्था गर्नुपर्छ’ ।
    उनले सम्पूर्ण नेपालीले भ्याक्सिन लगाउनुपर्ने भन्दै नेपाललाई जति सक्दो चाँडो रेड जोनबाट हटाउने गरि काम गर्नृुपर्ने बताए ।

    कार्यक्रममा नेपाल राष्ट्रिय व्यवसायी महासंका उपाध्यक्ष माधव खरेलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पुनर्कर्जाको विषय सोचे अनुरुप आउन नसकेको बताए ।

    उनले कोरोना महामारीका बीचमा पनि अहिले सरकारलाई कर चाहिएकोले निषेधाज्ञा खुल्ला गर्नतर्फ लागेको भन्दै खण्डन समेत गरे ।
    ‘लकडाउन असारमा खुल्ला गर्ने भन्ने छ । भोलीको दिनमा करको ताकेता गर्न लकडाउने खोल्ने चरणमा पुगेको छ । सरकारलाई कर चाहिएको अवस्था छ’ उनले भन ।
    खरेलले तत्काल सरकारले खोपको व्यवस्था, गरिबलाई राहत, सानो व्यवसायको व्याजको समस्या पूरा गरेर मात्रै निषेधाज्ञा खोल्न आग्रह गरे । कर्मचारी तलबमा सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने उनको माग छ ।

    उनले अब आउने मौद्रिक नीतिले साना व्यावसायीलाई उद्धार गर्नुपर्ने बताउदै उनले भने ‘२ करोडसम्म कारोबार गर्ने व्यवसायीलाई ५० प्रतिशत अनुदानमा ऋण दिनुपर्छ । भन्सारमा छुट गर्ने, करको दायर कम गर्ने, स्वदेशी व्यवसायलाई दिगो बनाउका लागि सरकारले एक वर्ष प्राटिस गर्नुपर्छ’ उनले आफनो धारणा राख्दै भने ।

    ब्युटिसियन व्यवसायी मेनुका सिवाकोटीले कोरोनाका कारण ब्युटिसियन व्यवसाय नै धरासायी बनेको उल्लेख गदसरकारले ब्युटिसियन व्यवसाय सुरक्षित तरिकाले खोल्ने व्यवस्था मिलाउनु पर्ने माग राखिन् ।

    कार्यक्रममा राज्य दैनिकका अध्यक्ष एवं कर्पोरेटका सम्पादक सरोज ओझा र आयोजक संस्था मिडिया इन्टरनेशन नेपालका अध्यक्ष माधव निर्दोष र अब आउने मौद्रिक नीतिले व्यवसायीलाई राहत मिल्ने खालका कार्यक्रम समेट्नुपर्नेमा जोड दिए । कार्यक्रममा संचारकर्मी टेकराज पाण्डेले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु