• ज्याला मजदुरको साहारा बन्यो,साहारा महिला समाज र श्री जनसेवा सामुदायिक केन्द्र

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार २०:५३

    काठमाडौं-कोरोना कहरको दोस्रो लहरसँगै दैनिक ज्यालादारी गरी खानेहरुका लागि साहरा महिला समाज केन्द्रिय कार्यालय र श्री जनसेवा सामुदायिक केन्द्र (CLC)को संयुक्त आयोजनामा दैनिक झन्डै ८०जनालाइ खाना खुवाउने गर्दै आएका छन् । उक्त अभियानमा गरीब पीडित संघले सह आयोजकका रुपमा सघाएको छ । लकडाउनसँगै संस्थाहरुले आपसमा रु ४८००० रकम जुटाएर उक्त सेवा प्रारम्भ गरेका हुन । कोही भोको बस्न नपरोस भनेर आफ्नै घरमा खाना पकाएर संबन्धितकोमा गएर दैनिक ११ बजे खाना खुवाउने गरेको साहारा महिला समाजकि केन्द्रीय अध्यक्ष बिना दाहालले बताईन् ।

    कलंकी,नैकाप,कालिमाटी र स्वयम्भूमा बस्ने मजदुरहरु लगायत काठमाडौं,ललितपुर भक्तपुरमा बस्ने कयौं परिवारलाई उनिहरुको डेरामै पुगेर सहयोग गर्दै आएको दाहालले बताईन् ।

    स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरुले समेत सहयोग गरेकोमा उनीहरु प्रती संस्थाले आभार प्रकट गरेको छ।भोकभोकै रहनुपर्ने अबस्थामा सिधै संस्थाकी अध्यक्ष बिना दाहालको सम्पर्क नम्बर ९८५१११७८५१मा फोन गर्न सक्ने जनाइएको छ । सहयोग गर्न चाहनेहरु पनि अभियानमा जोडिन सक्ने बताईएको छ । यस माहामारीमा जुध्न स्वास्थका सबै मापदण्डमा रहेर निरन्तर खटने साहारा महिला समाजकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष एलीसा सुवेदी,केन्द्रीय उपाध्यक्ष कृष्ण कुमारी खतिवडा,सदस्यहरु चन्द्र्कला
    रसाईली,सरीना गुरुङ र अनुपमा थापा रहेका छन । त्यसैगरि गरीब पीडित संघकी अध्यक्ष लक्ष्मी शाह,कोषाध्यक्ष राजुराम खकुरेल, सचिव शिव कार्की र सदस्य अम्बिका केसीले उल्लेख्य भुमिका खेलेको संस्थाबाट जानकारी प्राप्त भएको छ ।

    उक्त कार्यमा सुरुवात देखिनै समाजसेवी प्रेम नम्साल र रत्नकाजी डगोलले बिशेष सहयोग पुर्याउदै आएको पनि खुल्न आएको छ । लकडाउन अवधिभर खाना खुवाउने तथा खाद्यान्न बितरणलाई निरन्तरता दिदै जाने दाहालले बताउँछिन् । २०६२ साल देखि अनवरत रुपमा सामाजिक कार्यमा समर्पित संस्थाले विभिन्न किसिमका प्राकृतिक प्रकोप,भुकम्प तथा महामारीमा काम गर्दै आइरहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु