• पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमित निको

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १७:५७

    काठमाडौं, जेठ २७ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ९ हजार ९०१ जनाको आरटी–पीसीआर गर्दा २,८७४ जना र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी आज ३ हजार ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६७ जना पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार २३८ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ जना पुगेको छ । यो कुल संक्रमितको ८५.७ प्रतिशत हो ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३१ लाख ८९ हजार १०४ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ७७ हजार ८५८ जना आइसोलेसन र ६१६ जना क्वारेन्टिनमा छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु