• समाजसेवी तामाङ द्वारा ३१ बेखर्ची घरपरिवारलाई मानवीय सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १६:०७

    काठमाडौं, २८,जेठ । नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन निशेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई समाजिक अभियान्ता अक्कल बहादुर तामाङले राहत प्रदान गरेका छन ।

    कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा जीवन निर्वाह गर्न कठिन भएको छ।

    धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसन(नेकोस)का अध्यक्ष युवासमाजसेवी अक्कल बहादुर तामाङले काठमाडौं बुढानिलकण्ठ नगरपालिका एरियामा दैनिक मजदुरी गरेर जीवन गुजरा गर्ने,गरिब,दृष्टिविहिन,अपाङ्गता भएका लगाएका ३१ बेखर्ची घरपरिवारलाई एकमहिनाको लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री वितरण गरेक छन ।

    खाद्यान्न साथै १० हजार रुपैयाँ बराबरको मास्क तथा सेनिटाइजर पनि वितरण गरेको छन ।

    सामाजिक अभियान्ता तामाङले कोरोना भाइरसको महामारीसँग विश्व समुदाय जुधिरहेका बेला गतवर्ष भएको लकडाउनमा पनि आफैबाट राहत अभियान शुरूवात गरि आफ्नो पेशा र अन्य मित्रहरुबाट आर्थिक र नैतिक समर्थन जुटाई दैनिक ज्यालादारीमा काम गर्ने मजदुर,नाङ्लोपसल गर्ने र चियापसल चलाउने,सुत्केरी,एकलमहिला,विभिन्न श्रमिक,अपाङ्गता भएका र विपन्नलाई राहत उपलब्ध गराई पिडितको अवस्था अनुसार मानवीय सहयोगमा उल्लेखनिय योगदान गरिसकका छन।



    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु