• भारतको फेक्ट्री एरियामा समस्यामा परेका नेपाली परिवारलाई राहत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १६:४७

    नन्दनी न्याैपाने नयाँदिल्ली

    नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको
    फेक्ट्री एरियामा समस्यामा परेका नेपाली परिवारलाई राहत प्रदान गरिएको छ।

    गैरआवासीय नेपाली संघको सहयोगमा २५ जना मजदुर परिबारका(१०९ जना)सदस्यको लागि स्वास्थ सामाग्री र खाद्यान्न बितरण गरिएको हो।

    गैरआवासीय नेपाली संघ भारत फोकस टिम कि खाद्य बितरण प्रमुख नन्दनी न्याैपानेको पहलमा फेक्ट्री एरियामा रोजगारी गुमाए र दैनिक जीवन गुजरा चलाउन गाह्राे भएका परिबारलाई स्वास्थ सामाग्री र खाद्यान्न बितरण गरिएको थियोे ।

    खाद्यान्न बितरण समाजिक अभियान्ता तथा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे उपस्तिथिमा बितरण गरिएको थियोे ।

    पिडित नेपालीहरू गुल्मी,पाल्पा,कैलाली पर्बत,स्याङ्जा,नवलपरासी,कपिलवस्तु लगाएतका जिल्लाका रहेका छन। खाद्य बितरण निरीक्षण प्रोजेक्ट मेनेजर पुजा पाण्डेले गरेकी थिइन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु