राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते, सोमबार ०६:२४

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय अध्यक्ष कमरेड सुमन गुरुङ्गको अध्यक्षता,राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकि संस्थापक अध्यक्ष,नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज,गण्डकी प्रदेश सभा सदस्य माननीय मिना गुरुङ्गको प्रमुख आतिथ्यता,राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय प्रतिनिधि परिषद प्रमुख तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य कमरेड पम्फा पहारीको आतिथ्यतामा अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्न भएको छ ।

सबै भन्दा पहिले केन्द्रीय अध्यक्ष क. सुमन गुरुङ्गले बैठकको औचित्यता सहित सहभागिहरुलाई स्वागत गरेर सुरु भएको बैठकमा सहभागी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय कमिटी , सातै वटा प्रदेश कमिटी र सबै पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु सहभागी बैठकमा सहभागिहरुले सौन्दर्यकर्मीहरुको समस्याका बारेमा र युनियनका कामका बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकमा प्रतिनिधि परिषद प्रमुख क. पम्फा पहारिले शुभकामना व्यक्त गर्नुहुदै सौन्दर्यकर्मीको देशै भरिको समस्या एउटै भएकाले समस्या समाधानका उपायहरु पत्ता लगाउन यो बैठक सफल होस भन्नुभयो ।

प्रमुख अतिथी मानानिय मिना गुरुङ्गले युनियनका बिगत देखि बर्तमान सम्म्मको अवस्थाका बारेमा स्मरण गर्नुहुदै कोरोना भाइरसका कारण आज सौन्दर्यकर्मी अत्यन्त संकटमा परेका छन । यो संकटबाट सौन्दर्यकर्मिलाई निकाल्न केन्द्रीय कमिटी संगै मिलेर आफू पनि लागि पर्ने कुरा बताउनु भयो । वहाले सबै संक्रमित साथिहरुलाई माया गरौ हौसला प्रदान गरौ संक्रमित साथिहरुलाई यतिबेला माया र हौसलाको खांचो छ भनेर भन्नुभयो ।

बैठकमा
१) कोरोनाका कारण सौन्दरयकर्मी पेशा संकटमा परेकाले सबै ब्युटिपार्लरहरुको लकडाउन अबधिभरको घरभाडा छुट गराइदिन केन्द्र, प्रदेश र स्थानिय तिनै तहको सरकारलाई अनुरोध गर्ने र देशै भरिका व्युटिपार्लर रहेका घरभेटिहरुलाई लकडाउन अबधी भरको घरभाडा छुट गरिदिन आह्वान गर्ने बारेमा
२) सौन्दर्यपेशामा लागेका सम्पुर्ण सौन्दर्यकर्मीहरुलाई अबिलम्ब कोभिड भ्याक्सिन लगाउने व्यबस्था मिलाइदिन सरकारलाई अनुरोध गर्ने बारेमा
३) बैक तथा बित्तिय संस्थाबाट ऋण लिएका सम्पुर्ण सौन्दर्यकर्मीहरुको लकडाउन अबधिको ब्याज मिनाहा गरि लकडाउन अबधिको किस्तालाई पर धकेली नया किस्ता सेड्युल बनाइदिन अनुरोध गर्ने बारेमा
४) सौन्दर्यकर्मीहरुले प्राप्त गरेको सीप परिक्षण प्रमाणपत्र र ब्युटिपार्लर पसल धितो राखी सहुलियत ब्याजदरमा ऋण उपलव्ध गराउने व्यबस्था मिलाइदिन सरकार समक्ष अनुरोध गर्ने बारेमा
५) सीप परिक्षण प्रमाणपत्र प्राप्त नगरिकन पार्लर व्यबसाय गरेका सौन्दर्यकर्मीहरुलाई अबिलम्ब सीप परिक्षण परीक्षा लिएर प्रमाणपत्र दिने व्यबस्था मिलाइदिन सरकारलाई अनुरोध गर्ने बारेमा लगायत लकडाउनका कारण समस्यामा परेका सदस्यहरुलाई सहयोग गर्ने, युनियनको सदस्यता बितरण नवीकरणलाई निरन्तर गर्ने,देशै भरिका सबै कमिटीहरुका भर्चुअल बैठकहरु गर्ने लगायतका बारेमा छलफल भएकोछ ।
बिस्तारित बैठकको संचालन केन्द्रीय महासचिव कमरेड पबि गुरुङ्गले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु