• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १४:४०

    काठमाडौँ — जेष्ठ ३१, २०७८।

    कला प्रेमीहरुको लागि खुशीको खबर र अवसर आएको छ । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१”को आयोजना हुने भएको छ ।

    आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष केडी भट्टराईले दिएको जानकारी अनुसार असार १ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहने छ ।

    विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रास र खतराको बीचमा पनि मनोरंजन दिने र नया प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको हो । आयोजक पक्षले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्ने छ।

    प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका छन । सम्पूर्ण अभिनय प्रेमीहरुलाई लकडाउनको समय सदुपयोग गर्दै प्रतियोगितामा भाग लिन निर्णायकहरुले आव्हान समेत गरेका छन्।

    निर्णायकहरुको निर्णयसंगै ग्लोवल अनलाईन पे मार्फत संचालन हुने अनलाईन भोटिङ मार्फत विजेताको छनौट गरिने छ । प्रतियोगिताका विजेताले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने मौका समेत प्राप्त गर्नेछन।

    कोरोना कहरको अवस्था रहेपनि प्रतियोगितालाई मनोरन्जनात्मक र सफल बनाउन भरपुर कोशिश रहने प्रतिबद्धता आयोजक संस्थाका म्यानेजिङ डिरेक्टर राहुल जयसवालले व्यक्त गरेका छन् । कोरोना कहरको यस्तो अवस्थामा यस किसिमको कार्यक्रम गर्नु र नेपाली कला संस्कृतिलाई जोगाउन गरेका प्रयासले छुट्टै सकारात्मक संदेश पैदा गर्ने उनको भनाई छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु