समस्यामा परेका २२ नेपाली परिवारलाई राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार १ गते, मंगलवार ११:३९

१,असार दिल्ली- नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको नयाँदिल्ली सखर पुर सलाम बस्तीमा समस्यामा परेका नेपाली परिवारलाई राहत प्रदान गरिएको छ।

गैरआवासीय नेपाली संघको सहयोगमा २२ घर परिबारका लागि खाद्यान्न बितरण गरिएको हो। लगभग २०० नेपाली घरपरिवार रहेको उत्त एरियामा कोरोना भाइरसका कारण रोजगारी गुमाए र दैनिक जीवन गुजरा चलाउन गाह्राे भएका परिबारलाई २२परिवारलाई एक महिनाको लागि पुगने खाद्यान्न बितरण गरिएको थियोे।
खाद्यान्न बितरण समाजिक अभियान्ता तथा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा गैर आबासिय संघ भारत खाद्य बितरण प्रमुख नन्दी कुमारी न्याैपाने नेतृत्वमा प्रबासी मित्र मन्चका महासचिब गघुनाथ पाण्डेकोको अनुरोधमा राहत हस्तान्तरण गरिएको थियोे ।

पीडितहरु गुल्मि,बाग्लुङ पाल्पा लगाएतका जिल्लाका बासिन्दा रहेका छन।

पिडितलाई राहत बितरणमा सागर न्याैपाने, गघुनाथ पाण्डेको विशेष सहयोग रहेको छ। खाद्य बितरण निरीक्षण प्रोजेक्ट मेनेजर पुजा पाण्डेले गरेकी थिइन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु