आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • कांग्रेस नेता लक्ष्मण शाहीद्धारा जुम्लामा मास्क वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ असार २०७८, बुधबार ०६:५५

    काठमाडौं । नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिकामा ६ हजार एक सय मास्क वितरण गरेका छन् ।
    स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका उनले निर्वाचनमा पराजित भए पनि गाउँवासीको हितमा विविध काम गर्दै आएका छन् । उनले अहिले सबै वडामा मास्क वितरण गरेको जनाएका छन् । ‘गत वर्षको कोरोना संक्रमणका बेलामा पनि गाउँपालिका मात्र नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री बाँडेको थिँए’ उनले भने ‘गाउँवासीलाई अप्ठेरो पर्दा म चुपचाप बस्नु हुँदैन भनेर सक्रियता देखाएँ, यो बेला जे गर्न सक्छु गरेकै छु ।’ उनले गत वर्ष पनि झण्डै १० हजारभन्दा मास्क वितरण गरेका थिए ।
    कोरोना भाइरसको संक्रमणका बेला स्थानीय सरकारले सक्रियता देखाउनुपर्ने उनको भनाई छ । ‘यो अहसज बेलामा कसैले पनि राजनीतिक रुपले हेर्नु हुँदैन, संकटको सामना गर्न सबै एकजुट बन्नुपर्छ’ उनले भने ‘सरकारले जति गर्नुपर्ने हो त्यो गरेन त्यसैले पनि राजनीतिक दल र व्यक्तिहरु सक्रिय भएर जनताको जीवन बचाउनेतिर लागनुपर्ने बेला भएको छ ।’ उनले आवश्यकता अनुसार आगामी दिनमा पनि यस्तै प्रकारको समाजसेवा गर्ने जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु