अन्तर विद्यालयस्तरिय कविता प्रतियोगितामा भ्याली भ्यू वोर्डिङ स्कुल काठमाडौँकी छात्रा सम्वृद्धि पोखरेल प्रथम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २ गते, बुधबार १४:३६

 

काठमाडौँ, २ असार । अन्तर विद्यालयस्तरिय कविता प्रतियोगितामा भ्याली भ्यू वोर्डिङ स्कुल काठमाडौँकी छात्रा सम्वृद्धि पोखरेल प्रथम हुनुभएको छ ।ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सन काठमाडौँ जिल्लाको संयुक्त आयोजनामा मङ्गलबार भएको अन्तर विद्यालयस्तरिय प्रतियोगिताको परिणामअनुसार पोखरेल प्रथम हुनुभएको हो ।

यस्तै, दोस्रोमा पूर्णचण्डी वोर्डिङ स्कुल ललितपुरकी सानिया लामा र तेस्रोमा पिस प्वाइन्ट एकेडेमी ललितपुरका शुभम कार्की हुनुभएको छ । यस्तै सान्त्वना पुरस्कार कामना आवासीय माविका अर्पन सिग्देल, पिक प्वाइन्ट वोर्डिङका सारिका लिम्बु, सेन्ट जेभियर स्कुलका इभाष पोखरेल र ग्रीनफिल्ड नेशनल स्कुलका सुस्मिता सापकोटाले पाउनुभएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु आठ हजार, दोस्रो हुनेलाई रु छ हजार, तृतीय हुनेलाई रु चार हजार र सान्वना चार जनालाई जनही रु एक हजार र प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले यस्ता प्रतियोगिताले बालबालिकाले ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाई थियो ।

कोषका अध्यक्ष बसन्तराज कार्की, नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष खड्गबहादुर बस्नेत लगायतले यस्ता प्रतियोगिताले ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले कार्यक्रमको जानकारी तथा सुचना उपलब्ध गराएका हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु