आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • पुग्यो जरो किलो महाअभियान धादिङको दलित बस्तीमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ असार २०७८, बुधबार २१:०५

    काठमाडौ । जरो किलो महाअभियानले एक हजार भन्दा बढी मजदुर, विपन्न बर्ग र अशक्त परिवारहरुलाइ राहत तथा खाध्यान्न सहयोग गरिसकेको यश अभियानले धादिङ जिल्ला त्रिपुरासुन्दरी ६ आगिन्चोक गोलाङसम्म पुगेर दलित तथा विपन्न परिवारमा पुगेर राहत खाद्यान्न सहयोग गरेको छ। युगान्तर मिडियाको पहलकदमी र जरोकिलो महाअभियानको सहयोगमा उक्त राहत सहयोग कार्यक्रम गरिएको हो । विश्वमा विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्त सहितको कोरोनाका कारण लकडाउनले जनजीवन अस्तव्यस्त बनिरहेको छ । जनताको स्वास्थ्यमा अस्तव्यस्त रहेको छ। तर राजनितीक दलहरू भने सत्ता लिप्सामा केन्द्रीय छन् । निशुल्क स्वस्थ्य उपचार छैन, जनतालाई राहत पनि छैन, यसबाट हामी दुखी छौँ । जरोकिलो महाअभियानका अभियान्ता अभिषेक जोशीले बताए । यसरी धादिङ सम्म आउनुपर्ने अवस्था आउनु राजनीतिक दलहरुको अकर्मण्यता र स्थानीय सरकार जनता प्रती उत्तरदायी हुन नसक्नुको परिणाम हो । यसमा हामी दुखी छौँ अभियान्ता जोशी बताउछन् । जनता प्रती राजनितीक दलहरु जिम्मेवार हुन नसक्नु विडम्बना भएको समेत सुनाए ।

    कोरोनाले दैनिक जनजीवनमा गाउँ देखि शहरसम्म थप कष्टकर हुँदै गइरहेको अबस्थामा निस्वार्थ सेव्व गर्दै कुनै स्वार्थ नेहेरी देश समाज र जनताको सहयात्री बनेर जरोकिलो महाअभियानले सफलता पुर्वक आफ्नो भुमिका निभाइ रहेको छ। हाल अभियानको नाउँमा लूट मात्र मच्चाउन लागी रहेको अवस्थामा जरोकिलो महाअभियानले मजदुर, विपन्न र अशक्तहरुको साथी बनेर राहत तथा खाध्यान्न सहयोग गरिरहेको छ । यश महामारीमा जोखिम मोलेर खटिरहेका छौँ । राहत तथा खाद्यान्न सहयोगमा कम्तीमा एक महिना पुरै पुग्ने खाध्यान्न सहयोग गर्दै आएका छौँ । साथै अत्यन्त विपन्न परिवारलाई निरन्तर सहयोग गर्ने पनि अभियानको उद्देश्य रहेको हामीसङग कुरा गर्दै अभियान्ताहरु राजन अधिकारी र अमर परियारले बताए । हामीले मुख्यतः विहान बेलुका छाक टार्न मुस्किल परिवार र असक्तहरुलाइ राहत सहयोग गरेको समेत सुनाए । साथै केही दिनमै धादिङको चेपाङ बस्तीमा आउने योजना रहेको अभियान्ताहरुले सुनाए।

    जरोकिलो महाअभियान राजनीतिको अलावा अध्यात्म र सनातन परम्परा, संस्कार र संस्कृतिको जगेर्नामा जोड गर्दै आएको छ । डा. निर्मल अधिकारीको नेतृत्वमा यश अभियान संचालित अभियान जरोकिलो प्रतिष्ठान नेपाल र मौलिक जरोकिलो पार्टी मार्फत उक्त अभियान सन्चालित रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु