हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • शेषकान्त फाउण्डेशनद्धारा धादिङमा फेरि पनि स्वास्थ्य सामग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १०:०८

    काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका ५ मा रहेको शेषकान्त फाउण्डेशनले स्थानीय तीनवटा गाउँपालिकालाई फेरि पनि कोरोना संक्रमणको रोकथामका लागि स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।
    फाउण्डेशनका उपाध्यक्ष तथा नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले सिद्धलेक, बेनिघाट रोराङ र गजुरी गाउँपालिकालाई मास्क, पीपीई, अक्सिमिटर, थर्मोमिटर, कन्सन्टेटरका साथै ग्लोव्सलगायतका सामग्री प्रदान गरेको जनाए । फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालसहितको पदाधिकारी र कार्यसमिति सदस्यहरुले गाउँपालिकामा नै पुगेर ती सामग्रीहरु हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले फाउण्डेशनको तर्फबाट समाजसेवाको भावनाले केही सामग्रीहरु उपलब्ध गराएको बताएका छन् । उनले आगामी दिनमा पनि समाजसेवामा फाउण्डेशनका गतिविधि सञ्चालन हुने जनाएका छन् ।
    ढकालका बुबा शेषकान्त ढकालको नाममा २०७२ साल वैशाख १ गतेबाट फाउण्डेशन सञ्चालनमा आएको हो । साविक जीवनपुर निवासी स्वर्गीय शेषकान्त स्थानीय ठाउँमा सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए । बुबाको सोच र योजनालाई साकार पार्न फाउण्डेशनको स्थापना गरिएको अध्यक्ष ढकालले बताए । फाउण्डेशनले २०७२ सालको भूकम्पमा पनि महत्वपूर्ण सेवा गरेको थियो जसलाई अझै पनि स्थानीयले सम्झिरहेका छन् । फाउण्डेशनले सोही ठाउँमा जर्मन टेक्निकल शिक्षालय सञ्चालन गरेर प्राविधिक शिक्षा पनि पढाइरहेको छ ।
    फाउण्डेशनले गत बुधवार पनि धादिङकै धुनीवेशी नगरपालिकामा मेडिकल मास्क ५० प्याकेट, पीपीई एक सय पीस, अक्सिमिटर ५० पीस, थर्मोमिटर ५० पीस, कन्सन्टेटर ३ थानका साथै ग्लोव्सलगायतका सामग्री प्रदान गरेको थियो । ती सामग्री सबै वडाका साथै आवश्यक परेको स्थानमा वितरण गरिने स्थानीय तहले जनाएका छन् । फाउण्डेशनका उपाध्यक्ष सापकोटाले आवश्यकता अनुसार अन्य स्थानीय तहमा पनि उपलब्ध गराउने स्पष्ट पारेका छन् ।
    फ्युचर अफ नेपालको आर्थिक सहयोग र लाजिम्पाट काठमाडौंमा रहेको ‘कोकिना मिठो छ’ को सहकार्यमा अहिले पनि ती स्वास्थ्य सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ । यसअघि वितरित सामग्रीमा पनि यिनै संस्थाले सहयोग र समन्वय गरेका थिए । ‘सामाजिक संस्था भएर सञ्चालनमा आएपछि त्यो अनुसारको दायित्व पनि निर्वाह गर्नुपर्छ त्यसैले पनि हामीले लक्ष्यलाई साकार बनाएका छौं’ सापकोटाले भने ‘कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवार भएर योगदान गर्नुपर्ने बेला भएको छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु