हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १२:१२

    कपिलवस्तु- कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । भण्डारीले विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले डिएसपी धर्मराज भण्डारीलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

    प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य मान्यता, आदेशनिर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनलाई सम्मान गरेको बुझिएको छ ।

    प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्ने हेतु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाभरबाट प्रहरी कर्मचारीहरु मध्ये प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु