दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोकर्णेश्वर नगरपालिकाले सिन्धुपाल्चोकलाई ५ लाख रुपैंया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ४ गते, शुक्रबार १६:०३

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सिन्धुपाल्चोकलाई ५ लाख रुपियाँ दिएको छ ।
गत मंगलबार राती आएको बाढीले सिन्धुपाल्चोक प्रभावित भएको छ । बाढीले धेरै घर र वस्ती भत्काएको छ भने नागरिकहरु घरवारविहीन भएका छन् । नगरपालिकाका मेयर सन्तोष चालिसेले बुधवार नै छिमेकी जिल्लालाई अप्ठेरो परेको बेला सहयोग गरिएको बताए । नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले फेसबुकमार्फत सहयोग गरिएको स्पष्ट पारेका छन् । ‘पीडित नागरिकहरुको दुःख पीडालाई आफ्नै पीडा सम्झेर विपतको घडीमा धैर्य धारण गर्ने र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै छिमेकी गोकर्णेश्वर नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंया बराबरको आवश्यक सहयोग अर्पण गर्दछौं’ रिसालले फेसबुकमा लेखेका छन् ।
मेयर चालिसेले विपद्को यो घडीमा नगरपालिकाले सबैभन्दा पहिले सक्रियता देखाएको बताए । उनले पीडित नागरिकको सहज व्यवस्थापनका लागि सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका छन् । सिन्धुपाल्चोकलाई सहयोगको घोषणा गर्ने यो नगरपालिका सबैभन्दा पहिलो स्थानीय तह हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु