आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १७:३६

    असार ४, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा नेपालीले विश्वासको मत लिन गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

    प्रदेशसभामा भएको मत विभाजनमा उनको पक्षमा ३१ र विपक्षमा २७ मत परेको थियो ।

    ५९ सदस्यीय प्रदेशसभा (कृष्ण थापालाई कारबाही पछि)मा ३१ मत ल्याउनु बहुमत हो ।

    प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीले जनाएअनुसार शुक्रबारको प्रदेशसभा बैठकमा ५९ सदस्यमध्ये ५८ सदस्य उपस्थिति थिए ।

    नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका पोखरेललाई कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए । प्रदेशसभाकाे ठुलाे दल नेकपा (एमाले) विपक्षमा उभिएकाे थियाे ।

    नेपाली गत जेठ २९ मा गठबन्धनको तर्फबाट बहुमत सांसदको समर्थनमा मुख्यमन्त्रीमा चयन भएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिएका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु