हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • मेलम्ची नगरपालिकाले ५० लाखको अक्षयकोष स्थापना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १८:१०

    ४ असार, काठमाण्डौं । अविरल वर्षापछि आएको बाढीका कारण विस्थापित बनेका मेलम्चीका बाढी पीडितलाई सहयोग गर्नका लागि मेलम्ची नगरपालिकाले ५० लाखको अक्षयकोष स्थापना गरेको छ ।

    मंगलबार मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीका कारण विस्थापित भएका मेलाम्ची बजारका स्थानीयवासीलाई सहयोग गर्नका लागि नगरपालिकाले ५० लाखको अक्षयकोष स्थापना गर्दै सहयोग अपिल समेत गरेको छ ।

    ‘मेलम्ची र इन्द्रावती खोला आसपासका वस्तिहरु विस्थापित भएका छन् । बाढीबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुनःस्थापना गर्न र क्षति भएका संरचनाहरु पुनः निर्माणका लागि यस नगरपालिकाले रु ५० लाख जम्मा गरी ‘मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष’ स्थापना गरेको छ ।’ नगरपालिकाद्धारा गरिएको अपिलमा भनिएको छ ।

    नगरपालिकाले यस संकटको घडीमा नगरपालिकालाई सहयोग गर्न इच्छुक, व्यक्ति, संघ संस्था, सरकारी एवं गैह्रसरकारी निकायहरुलाई सहयोग गर्न अपिल गर्दै बैंक खाता समेत उपलब्ध गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु