हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • विदेश भ्रमणका लागि ग्राण्डी अस्पतालसहित २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ असार २०७८, शनिबार ११:३६

    काठमाडौँ, ५ असार । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

    मन्त्रालयका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, कान्तिपुर अस्पताल, स्टार अस्पताल, हेम्स अस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी अस्पताल, वी एण्ड वी अस्पताल, अल्का अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, जनमैत्री अस्पताल, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेको छ ।

    यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल अस्पताल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसिआर परिक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । सहप्रवक्ता अधिकारीले प्रक्रिया पु¥याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु