हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • उद्यमशील महिला समूहले पनि राहत बाँड्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०९:४७

    काठमाडौं । उद्यमशील महिला समूहले काठमाडौको मूलपानी बाबाचोकमा रहेको जनजाति कल्याण आश्रम नेपाललाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । आश्रममा ४० जना बालबालिका रहेका छन् ।
    समूहका प्रमुख संरक्षक राजु सुनारका अनुसार हिजो त्यो ठाउँमा पुगेर चामल, दाल, चिउरा, तेल, नुनलगायतका राहतका साथै स्वास्थ्य सामग्री वितरण गरिएको हो । गोकर्णेश्वर नगरपालिका ४ मा कार्यालय रहेको समूहले ४ वर्षदेखि सामाजिक काममा सक्रियता देखाउँदै आएको छ । समूहकी अध्यक्ष प्रमिला शेर्पा (प्रमी) को सभापतित्वमा, विश्व हिन्दु महासंघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष, गोकर्णेश्वर महिला महासंघको अध्यक्ष, गोकर्णेश्वर नगरपालिकाकी धार्मिक तथा आध्यात्मिक सद्भावना दूतसमेत रहेकी शिक्षासेवी रेखा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


    समूहले यो अभियानमा सहयोग गर्नेहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन पनि सुनारले नै गरेका थिए । सुनारले समूहले महिलाको हकहितमा मात्र नभएर समाजका प्रत्येक विषयवस्तुमा चासो राखेर समस्याको समाधान गर्न पहल गर्दै आएको जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु