हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफल
  • बाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७८, आईतवार ११:१५

    डा. हरिकुमार श्रेष्ठ

    सर्वप्रथम हालै भएको वर्षादको कारण बाढी पहिरो गई धेरै धनजनको क्षति भएको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकटको साथै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गर्नुको साथै घाइते तथा अंगभंग भएका व्यक्तिहरुप्रति सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।

    यसरी बाढी पहिरो जानाको मुख्य कारक तत्वहरु यस प्रकार रहेका छन् ः
    १. प्राकृतिक सम्पदा जस्तै नदी, खोला, जमिनको दोहोन । खोला तथा नदीमा रहेको बालुवा, गिटी तथा ढुङ्गा निकाली दोहोन गर्दा वर्षादको पानीको भेललाई रोक्ने कुनै बस्तु नहुँदा र यसको साथै खोलाको आफ्नो प्राकृतिक बाटोलाई परिवर्तन गरिँदा यस्ता समस्या वर्षेनि उत्पन्न हुने ।
    २. कतिपय ठाउँमा व्यक्ति तथा समुहहरुले खोला तथा नदी किनारमा सानो क्षेत्रफलको जग्गा किनी आसपासमा जग्गा मिच्दै र ओगट्दै घर निर्माण तथा बस्ति विकास गरिने कार्यले खोला तथा नदीको बहाव क्षेत्र संकुचन गरिँनुले वर्षादको पानीले आफ्नो बाटो खोज्दा क्षति पुगेको ।
    ३. योजना विहिनका पहाडी तथा ग्रामीण सडक र बाटो घाटो निर्माण तथा पुनः निर्माणको साथै ठूला सडक निर्माण तथा मर्मत सम्भारका कार्य गर्दा खण्डखण्ड गरी सम्पन्न गर्नुभन्दा पनि वल्लो छेउदेखि पल्लो छेउसम्मको दूरी एकैचोटी सुरु गर्नु । अझ यस्ता कार्य गर्दा निस्केका ढुङ्गा माटो व्यवस्थापन उचित किसिमले नगरी जताभावी फाल्ने कार्य गर्दा वर्षादको पानीसँगै पहिरो र भेलमा परिणत ।
    ४. नदी तथा खोलाहरुमा झोलुङ्गे तथा गाडीको लागि पुल बनाउँदा नदीको बहाव वर्षादको समयमा कति उचाइसम्म जान्छ भनेर उक्त कार्यमा संलग्न प्राविधिकहरुले पहिचान गर्न नसक्दा पुलको उचाई कम हुँदा वर्षादको भेलसँगै पुलहरु वगाएर लगी बाढी थुनिने र आर्थिक रुपमा ठूलो क्षति हुने । यसको अलावा वेलिव्रिजको ठाउँमा पक्कि मोटरेवल पुल बनिसक्दा पनि उक्त पुलहरु यथास्थानमा छाड्ने परिपाटिको कारण पनि समस्या तथा क्षति हुन पुगेको छ ।
    ५. बृक्षारोपणभन्दा पनि बन विनास गरिँदा वर्षादमा पानी पर्दा एक्कासी जमिनमा पानी रिचार्ज नभई सीधै खोल्सा खाल्सी, खोला हुँदै पानीको बहावको साथै पहिरो जाँदा नदीमा मिसिँदासम्म थामि नसक्नुको भेलमा परिणत हुनु ।
    ६. पालिका तथा वडाका डनहरुको डोजर तथा ट्रिपर आतङ्कको साथै भूमाफियाको कब्जामा जमिन हुनु र अव्यवस्थित किसिमले हरिया जङ्गल फँडानि गरी पहाड चिथोर्दै घरघडेरीमा परिवर्तन ।

    त्यसैले, नेपाल सरकारले यस्ता समस्याहरुको बेलैमा पहिचान गरी उचित समाधानका उपायहरु अवलम्बन गर्न जरुरी छ ।
    ड्ड स्थानीय निकायले आफ्नो क्षेत्रमा निर्माण गर्ने ग्रामीण सडक योजनाबद्ध किसिमले सन्चालन गर्नुपर्दछ । यसको साथै, स्थानीयस्तरमा भएको डोजर आतङ्क बन्द गर्नुपर्दछ । किनकि, कतिपय वडा तथा पालिकाका पदाधिकारीहरुकै डोजर भएकाले उनीहरु सडकको कार्यलाई पूर्णता दिनभन्दा पनि नियमित रुपमा आयआर्जनको बाटो बनाउने भएकोले समस्याग्रस्त देखिन्छ । त्यसैले, स्थानीय जनताहरु यस्ता कुकार्यप्रति पनि सजग हुँदै नेपाल सरकारलाई समय समयमा घच्घच्याउन सक्नुपर्दछ । हैन भने त्यस्ता कार्यको लागि जनस्तरबाटै विरोध गरी कार्य सञ्चालन रोक्न सक्नुपर्दछ ।
    ड्ड बहालवाला कर्मचारी, राजनीतिज्ञ र पालिकाका पदाधिकारीहरु तथा राष्ट्रसेवकहरुद्वारा सञ्चालिन डोजर तथा यस्तै औजार तथा उपकरणहरु प्रयोगमा ल्याउन बन्देज गराइनुपर्दछ ।
    ड्ड यसै सन्दर्भमा, कर्पोरेट नेपालले मिति असार ३, २०७८ मा प्रकाशित समाचारमा प्रधानमन्त्रीले पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्नुपर्ने बताए तापनि पुरानो खनिएका पहाडी भेगका कच्ची बाटो खन्ने कार्यलाई व्यवस्थित बनाउन समयसीमा दिएर सम्पन्न गर्न पनि जरुरी देखिन्छ । हैनभने यी बाटोनै डोजरवालाहरुलाई सालवसाली आयआर्जनको दह्रो स्रोत हुनेनै छ ।
    ड्ड सडक निर्माण कार्य खण्डखण्ड गरी सुरु गर्दै र पूरा गर्दै अगाडि बढ्न जरुरी छ । यसले, गर्दा सडक पनि समयमै कालोपत्र हुने, त्यहाँबाट निस्केका माटो ढुङ्गाको व्यवस्थापन पनि समयमै हुनाले वर्षादसँगै बाढी पहिरोको स्रोत नबने, समयमै काम सम्पन्न हुने हुँदा निर्माण कार्यमा लागतमा पनि कमी आउने हुन्छ ।
    ड्ड अनियमित किसिमको सडक निर्माण कार्यबाट त्यहाँबाट निस्केको माटो तथा ढुङ्गा उचित किसिमले व्यवस्थापन नगरी लथालिङ्ग तालले यथास्थानबाट तल फालिँदा किसानका खेतीयोग्य जमिन पनि नाश भएको छ । उनीहरुलाई सम्बन्धित पक्षले क्षतिपूर्ति दिने व्यवस्था मिलाउनुपर्दछ ।
    ड्ड खोला तथा नदीको दुवै किनारामा यसको बहावको प्रकृति हेरी निश्चित क्षेत्रफलभित्र कुनै पनि संरचना निर्माण गर्ने तथा बस्ति बस्न नपाइने कानुनको व्यवस्था गर्न जरुरी छ ।
    ड्ड नदी तथा खोलामा भएको बालुवा, गिटी तथा ढुङ्गा दोहोन कार्यले वर्षादमा पानीको बहाव कर्म गर्नसक्ने अवस्था नभएको र पानीको प्राकृतिक बाटो नाश हुनबाट रोक्न अत्यन्त जरुरी छ । कुनै स्थानमा पहिरोको कारण थुपारिएका ढुङ्गा माटो भने उचित किसिमले व्यवस्थापन वा उत्खनन गर्न आवश्यक पर्दछ ।
    ड्ड बृक्षारोपणभन्दा पनि जंगल दोहोन गर्ने कार्यले यस्ता समस्या निम्त्याउने हुँदा खाली जमिन, खोला तथा नदी किनार तथा सडक किनारहरुमा उचित किसिमका बिरुवाहरु बृक्षारोपण गर्ने । अझ उपयोगी त मौषम अनुसारका फलफूलका बिरुवाहरु पनि लगाउन सके बाँदरहरु त्यतै फलफूल खान झुम्मिने हुँदा किसानको खेतबारीमा पनि त्यति क्षति नपु¥याउने हुन्छ ।
    ड्ड बेली ब्रिजको ठाउँमा पक्कि पुल बनेपछि त्यस्ता पुलहरुलाई पुनः सानातिना खोलाहरुमा प्रयोग गर्न सकिने हुन्छ । तर नेपालमा त्यस्ता कार्यको अभाव छ र त्यत्तिकै यथास्थानमा छाडिन्छ ।
    ड्ड पुल निमार्ण कार्यमा उचित मापदण्ड प्रयोग भए नभएको बारे अनुगमन कार्यलाई प्रभावकारी बनाइनु पर्दछ । यदि कुनै पनि निमार्णकर्ता वा प्राविधिकको मिलेमतोमा मापदण्ड पूरा नगरी कार्य सम्पन्न गरेको पाइएमा क्षतिपूर्तिसहित कर्मचारी भए जागिरबाट हटाई वा निर्माण कम्पनि भए भविष्यमा कुनै पनि यस्ता कार्यको लागि अयोग्य ठह¥याइ काराबासको सजायँ दिनुपर्दछ ।
    ड्ड नियम तोडी कामगर्ने कसैलाई पनि कार्यबाही गर्न स्थानीयदेखि प्रदेश र संघीय सरकार कडा रुपमा प्रस्तुत हुनुपर्दछ । ज्याक, ढ्याक र प्याकको आधारमा नियमन कार्य गर्ने परिपाटिको पनि अन्त्य हुन जरुरी छ ।
    यी कार्य गर्नमा स्थानीय तहदेखि प्रदेश तथा संघीयस्तरका सरकारको भूमिका महत्वपूण भए तापनि माथिल्ला स्तरका नेतागण तथा राष्ट्रसेवकहरुनै तल्लिन भएको पाइएकोले उचित किसिमले नियन्त्रणमा पाइला चालिन्छ भन्ने कुरामा विगतका अनुभवले आशावादी बन्न सकिने अवस्था पनि छैन । प्रत्येक वर्षको बाढी, पहिरोको कारण ठुलो धनजनको क्षतिमा उनीहरु (संलग्न व्यक्तिहरु) नै जिम्मेवार तथा दोषी छन् । त्यसैले, यसको नियन्त्रणको लागि स्थानीयस्तरमा जनताहरुनै जागरुक भएर अगाडि बढी यस्ता कुकार्य गर्नबाट रोक्न जरुरी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु