दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ६ गते, आईतवार १८:४९

काठमाडौँ, ६ असार । लायन्स क्बल अफ काठमाडौँ समर्पण, विश्व हिन्दू परिषद् नेपाल र हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बुमा राहत वितरण गरिएको छ ।

बिहिबार परेको अविरल वर्षापछि ठूलो जनधनको क्षति पुगेको हेलम्बुका जनताको पीडामा मल्हम लगाउन शनिबार हेलम्बु पुगेको लायन्स क्लब र हिन्दू परिषद्को टोलीले २०० परिवारका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो ।
हेलम्बुका स्थानीय समाजसेवी तासी लामा, छिरिङ लामासहित हेलम्बु पुगेको उक्त टोलीले खाद्यान्न, ग्याँस चुल्हो, थर्मोस, डिनर सेट, लामखुट्टे भगाउने धुप, औषधी, कम्बल, त्रिपाललगायतका सामाग्री गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जिङ शेर्पाको रोहवरमा वितरण गरिएको लायन्स क्बल अफ काठमाडौँ समर्पणका सदस्य एवम् समाजसेवी विवेक शर्माले जानकारी दिनुभयो ।

बाढीले पीडा दिएको हेलम्बुमा अखिल अग्रवालले १००० किलोग्राम चामल, सुशील जैनले ४८ थान ग्याँस चुल्हो, ७२ थान वर्तन सेट, ७२ थान थर्मोस, सुनील कुमार अग्रवालले २५ थान प्रेसर कुकर र ८ थान फ्राई प्यान, मनिष मुन्द्राले ४२० थान लामखुट्टे भगाउने धुप, अनिल अग्रवालले रु ११ हजारको राशन, सुनिल बनवोरीले २२ थान टेन्ट, सञ्जय बोतराले रु पाँच लाख १० हजारबराबरको सामाग्री सहयोग गर्नुभएको छ ।

यस्तै, उक्त समूहले बाढीपीडितलाई स्वास्थ्य समस्या नहोस् भन्ने उदेश्यले अस्थायी स्वास्थ्य सम्पर्क केन्द्रसमेत स्थापना गरिदिएको समाजसेवी शर्माले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु