हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७८, आईतवार १९:५४

    काठमाडौं-नेपाल चेम्वर अफ कमर्सले हालैको भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । चेम्बरले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा घरवारबिहीन हुन पुगेका बाढि पिडितलाई राहत हस्तान्तरण गरेको हो ।

    यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ । उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरे ।

    उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

    अध्यक्ष मल्लबाट गहिरो दु: ख व्यक्त

    नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले उक्त क्षेत्रमा जनधनको क्षती पुग्न गई त्यस क्षेत्रका बासिन्दाहरु घरवारबिहीन हुन पुगेकामा गहिरो दुख समेत व्यक्त गरेका छन् । बाढिमा परी असामयीक निधन भएकाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु